Author: khaptadm-admin

काठमाडौँ । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली हुनुका साथै तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली, सुदूरपश्चिम र समग्र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भेगका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली/पहाडी भागका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । लुम्बिनी…

Read More

आजको राशिफल बिस २०८३ असोज १८ गते आइतबार ईस २०२६ अक्टोबर ४ नेपाल सम्बत ११४६ ञलागा नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष नवमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, परिघ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सूर्यको प्रभावले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार राख्दा सहकर्मीको समर्थन प्राप्त हुने सम्भावना छ। नयाँ योजना बनाउनुभन्दा पहिले त्यसका व्यावहारिक…

Read More

तेह्रथुम । डेढ दशकदेखि अलपत्र परेको तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण कार्य अन्ततः अघि बढ्ने भएको छ । सुरुवाती विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा प्राविधिक त्रुटि भेटिएपछि २०६९ असार २६ गते सम्झौता भएको यो आयोजना लामो समयसम्म ठप्प बनेको थियो । पुल निर्माण रोकिएपछि रुग्ण बनेको यस योजनालाई सुचारु गर्न पूर्वाधार विकास मन्त्रालयको समन्वयमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाको संयुक्त बैठक बसेको थियो । मन्त्रालयले परामर्शदातालाई प्राविधिक समस्या पुनरावलोकन गरी ठोस समाधान पेस गर्न सहजीकरण गरेपछि कामले गति लिने बाटो खुलेको हो । अब मुख्य रूपमा स्टिल ट्रस जडानको काम…

Read More

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४५६ जनाले ज्यान गुमाएका छन् । जिल्लागत विवरण अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ तथा नवलपरासी पश्चिममा २२२ जनाको शव प्राप्त भएको छ । बाढीबाट उद्धार गरिएकामध्ये २ जनाको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । फेला परेका शवको पहिचानका लागि डिएनए परीक्षणका प्रक्रिया पूरा गर्दै १ हजार ३३४ वटा शव सुरक्षित तरिकाले माटोमुनि व्यवस्थापन गरिसकिएको छ । पहिचान सहज बनाउन मृतकका १ हजार ३३० र आफन्तका २ हजार ७६ गरी कुल ३ हजार ४०६ वटा डिएनए नमुना संकलन…

Read More

पोखरा । उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र प्रशासनिक सुदृढीकरणलाई जोड दिँदै पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयमा आयोजित २६औँ साधारण सभाले यो बजेटका साथै नयाँ नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको हो । शिक्षा तथा खेलकुद मन्त्री एवम् सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले पेस गरेको बजेटलाई सभाले स्वीकृति दिएको हो । आगामी वर्ष विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन, डिजिटल सेवा र रोजगारमुखी पाठ्यक्रमलाई मुख्य प्राथमिकतामा राख्ने जनाएको छ ।…

Read More

काठमाडौँ । विशेष महाधिवेशनपश्चात् नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति समीकरण र नेतृत्व चयनको परम्परागत ढाँचामा व्यापक फेरबदल आएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्व स्थापित भएसँगै निर्वाचन आयोगले समेत उक्त कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ । यससँगै सुरु भएको सांगठनिक रूपान्तरणले अब हुने १५औँ महाधिवेशनमार्फत पूर्णता पाउने देखिएको छ । विगतमा सभापतिसहित प्यानल नै बनाएर चुनाव लड्ने गुटगत परिपाटी यसपटक कमजोर बनेको छ । सभापतिमा थापालाई बलियो चुनौती नदेखिए पनि उपसभापति र महामन्त्री पदमा भने नेताहरूले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यद्यपि पूर्वसभापति शेरबहादुर देउवा पक्षको छुट्टै गतिविधि र अदालतमा विचाराधीन मुद्दाका कारण गुटको प्रभाव पूर्णतः समाप्त भइसकेको भन्न…

Read More

काठमाडौँ । देशका विभिन्न भागमा अविरल बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू ठप्प भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हिमाली तथा पहाडी जिल्लाहरू रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्ला जोड्ने प्रमुख सडक सञ्जालमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको हो । विशेषगरी मनाङको बेँसीसहर-खाङसार सडकखण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प बनेको छ। यता म्याग्दीको रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुक्केवारमा ठूलो पहिरो खसेपछि रणनीतिक महत्त्वको बेनी–जोमसोम सडकखण्डमा सवारी आवतजावत शून्यमा झरेको छ । नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरका दुई स्थान—बुलिङटारको धुमाउरीघाट र बौदीकालीको जन्ती क्षेत्रमा पहिरो जाँदा सडक एकतर्फी मात्र खुलेको छ, जहाँ ठूला सवारीसाधन सञ्चालन…

Read More

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च नेतृत्वका साथै निजी क्षेत्रका प्रमुख लगानीकर्ताहरूसँग उच्चस्तरीय संवाद गर्नेछन् । नेपालको विकास र अर्थतन्त्रलाई गति दिने उद्देश्यले हुन लागेको यस भ्रमणमा द्विपक्षीय सहयोग अभिवृद्धि, पूर्वाधार पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई मुक्त गराउने प्रयास र बृहत् आर्थिक सुधारका एजेन्डामा केन्द्रित रहेर छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण पुगेको ठूलो भौतिक तथा आर्थिक…

Read More

वीरगञ्ज । मधेश प्रदेशलाई मुख्य आधार क्षेत्र बनाएर सक्रिय जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन पर्साको वीरगञ्जमा सुरु भएको छ । ब्रह्मचोकस्थित ओम पार्टी प्यालेसमा बिहान ९ बजे विशेष समारोहका बीच महाधिवेशनको औपचारिक समुद्घाटन गर्ने तय भएको हो । यसअघि असोज १० गतेका लागि तोकिएको यो कार्यक्रम पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असोज १७ गतेलाई सारिएको थियो । पार्टीको सर्वोच्च पद अध्यक्षका लागि भने डा. सीके राउतको मात्र एकल उम्मेदवारी परेकाले उनी सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पहिलो चरणको नामावली अनुसार विभिन्न १०३ पदका लागि उम्मेदवारी दर्ता भएको छ । जसअनुसार सात उपाध्यक्ष पदका…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ । अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र बागमतीका तराई क्षेत्रमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र तराई भूभागमा भने आंशिक बदलीको सम्भावना छ । पहाडी र हिमाली भेगका केही स्थान तथा मधेशसहित तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात…

Read More