- काठमाडौँ महानगरद्वारा ८ करोड ९५ लाखमा महाङ्कालको चौघेरा सत्तल पुनःनिर्माण, कार्यवाहक प्रमुख डंगोलद्वारा उद्घाटन
- आन्तरिक राजस्व विभागद्वारा करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा, १५ जनाले पाउने १-१ लाख
- नेपाल गुणस्तर परिषद्द्वारा इथानोल र रबर मापदण्डसम्बन्धी अन्तर्राष्ट्रिय गुणस्तर स्वीकृत
- आज प्रतिनिधि सभा बैठक बस्दै, राहदानीसहित विभिन्न विधेयक पेस हुने कार्यसूची
- नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, नवनियुक्त पदाधिकारीले लिए शपथ
- प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै, पर्यटन विधेयकदेखि कारागार अवस्थासम्म छलफल हुने
- देशभर मनसुनी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- आजको राशिफल: २०८३ साउन २२ गते शुक्रबार (नेपाल सम्बत ११४६)
Author: khaptadm-admin
रसुवा । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी दुई दिनका लागि पूर्ण रूपमा ठप्प भएको छ । सिमानामा रहेको मितेरी पुल (बेलीब्रिज) मर्मत सम्भार गर्नुपर्ने भएकाले चिनियाँ पक्षको अनुरोधमा सोमबार र मंगलबारका लागि सो नाका बन्द गरिएको हो । वर्षायाम र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै चिनियाँ प्राविधिक टोलीले पुलको गुणस्तर मापन तथा मर्मतको काम सुरु गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीद्वारा जारी सूचना अनुसार, २०८३ साल असार १५ र १६ गते सो पुलबाट हुने सम्पूर्ण सवारी आवागमन रोकिनेछ । यद्यपि, सोही मार्ग भएर कैलाश मानसरोवर यात्रामा निस्किएका तीर्थयात्रीहरूका…
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको ६ वर्ष पुरानो निर्णय उल्टिएसँगै अब मुलुकका ठूला मेडिकल कलेजहरूले पीसीएल नर्सिङ (स्टाफ नर्स) को पठनपाठन पुनः सुरु गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा ऐनविपरीत भन्दै आयोगले लगाएको रोकलाई अदालतको आदेशपछि फुकाइएसँगै यो बाटो खुलेको हो । यसअघि आयोगले २०७७ साउन ३० गते एउटा शिक्षण संस्थाले नर्सिङ विधाका माथिल्ला तह (बीएन, बीएस्सी वा एमएन) मध्ये कुनै एक मात्र कार्यक्रम चलाउन पाउने नीतिगत निर्णय गरेको थियो । सोही निर्णयका कारण देशभरका अधिकांश ठूला मेडिकल कलेजमा पीसीएल नर्सिङको भर्ना प्रक्रिया ठप्प बनेको थियो । आयोगको उक्त कदम प्रचलित कानुनविपरीत भएको दाबी गर्दै उच्च अदालतमा रिट दायर…
काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित बाँठपाली देवता मन्दिर निर्माण आयोजनामा सरकारी रकम हिनामिना गरेको अभियोगमा नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा निर्माण कार्यमा व्यापक अनियमितता भएको फेला पारेपछि सोमबार मुद्दा दर्ता गरेको हो । अख्तियारका अनुसार मुद्दा दायर गरिएकाहरूमा स्थानीय तहका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरू रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने कार्यक्रमअन्तर्गत उक्त मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेट दुर्गाथली गाउँपालिकामार्फत परिचालन हुने र प्राविधिक हेरचाह तथा अनुगमनको पाटो…
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय चुलिएको गतिरोध सुल्झाउने गरी कतारको राजधानी दोहामा उच्चस्तरीय छलफल हुने भएको छ । दुवै मुलुकका प्रतिनिधिमण्डलबीच आगामी मंगलबार आयोजना हुने उक्त वार्तामा विशेष गरी होर्मुज जलडमरूमध्यलाई लिएर सिर्जित तनाव कम गर्ने विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ । प्राप्त जानकारी अनुसार वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले आ-आफ्ना सैन्य गतिविधि तथा सम्भावित आक्रमणहरू रोक्न मन्जुरी जनाएका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको आवागमनलाई सुरक्षित र निर्बाध बनाउने उद्देश्यका साथ दुवै देश लचक देखिएका हुन् । यद्यपि, विगत ११ दिन अघि मात्र युद्धविराम भएकाले यो प्रारम्भिक सहमति अझै पनि निकै संवेदनशील र अस्थिर…
काठमाडौँ । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ । संसद सचिवालयका अनुसार आज अपराह्न १२: १५ बजे बैठक आह्वान गरिएको छ । उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने मुख्य कार्यसूची तय भएको छ । अर्थमन्त्री वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) को कानुनी व्यवस्था अनुसार उक्त विधेयक पेश गर्न लाग्नुभएको हो । बैठकमा बजेट आश्रित अन्य विषय र सदनको नियमित कार्यसूचीमाथि पनि छलफल हुने सचिवालयले जनाएको छ ।
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगितामा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै पहिलो पटक अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । अतिरिक्त समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले स्तब्ध पारेको हो । निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । यसअघिका विश्वकप संस्करणमा खेलेका सबै ६ खेलमा पराजय भोगेको क्यानडाले जारी प्रतियोगितामा भने आफ्नो ऐतिहासिक प्रदर्शनलाई निरन्तरता दिँदै नकआउट चरणमा पुग्ने पहिलो टोलीको गौरव प्राप्त गरेको छ । अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एक टोलीको सामना गर्नेछ ।…
काठमाडौँ । मुलुकभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिनुभएको छ । नेपालमा धान उत्पादन बढाएर परनिर्भरता घटाउने र कृषकहरूलाई व्यावसायिक रूपमा प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गतेलाई उत्सवका रूपमा मनाउने गरिन्छ । सरकारले २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट यस दिनलाई औपचारिक रूपमा धान दिवस घोषित गरेको थियो । नेपाली संस्कृतिमा आजको दिन रोपाइँ गरेर दही चिउरा खाने विशेष परम्परा समेत…
काठमाडौँ । मुलुकका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव क्रमशः बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ । बाँकी रहेका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा भने आगामी दुई देखि तीन दिनभित्रमा मनसुन प्रणाली भित्रिने सङ्केत देखिएको छ । अहिले ती क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव मात्रै रहेको मौसमविद्ले जनाएका छन् । आज दिउँसो देशभरकै आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा…
आजको राशिफल बिस २०८३ असार १५ गते सोमबार ईस २०२६ जुन २९ नेपाल सम्बत ११४६ तछलाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज असार १५ धान दिवस दहि चिउरा खाएर मनाइदैछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज आफूले बनाएका योजना व्यवहारमा उतार्ने राम्रो अवसर प्राप्त हुनेछ। कामप्रतिको लगाव र आत्मविश्वासले नयाँ उपलब्धि दिलाउन…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा बीच आकाशमै गम्भीर प्राविधिक गडबडी आएपछि रुपन्देहीको भैरहवामा आकस्मिक अवतरण गरिएको छ । आइतबार अपराह्न करिब ४ बजे उडान भरेको केही समयमै विमानको ककपिट भित्र अचानक धुवाँ निस्किएपछि चालक दलले सुरक्षा सावधानी अपनाउँदै विमानलाई भैरहवातर्फ मोडेका थिए । पाइलटको सतर्कताका कारण विमानलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा ओराल्न सफल भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेका छन् । ककपिटमा कुन कारणले धुवाँ देखिएको हो भन्नेबारे प्राविधिक टोलीले सूक्ष्म अनुसन्धान र परीक्षण सुरु गरिसकेको छ । यसैबीच, भैरहवामा…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
