Author: khaptadm-admin

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट समयमै नगर वा गाउँ सभामा पेश नगर्ने २३ वटा स्थानीय तहलाई जवाफ माग गर्दै पत्र काटेको छ । कानुनले तोकेको समयसीमाभित्र आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत नगरेका ती गाउँपालिका र नगरपालिकाहरूसँग मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया कहाँ पुगेको छ र ढिलाइ हुनुको मुख्य कारण के हो भनी विवरण मागेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रत्येक स्थानीय तहले असार १० गतेभित्रै आगामी आर्थिक वर्षको राजस्व र…

Read More

काठमाडौँ । आम उपभोक्तालाई ठूलो राहत दिँदै नेपाल आयल निगमले इन्धनको बजार मूल्यमा भारी कटौती गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धनको मूल्यमा उल्लेख्य गिरावट ल्याएको हो । नयाँ तय गरिएको मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ । यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलरले कमी गरिएको निगमले जनाएको छ । सर्वसाधारणको भान्सासँग जोडिएको एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ । यो समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर…

Read More

काठमाडौँ । धान रोप्ने मुख्य सिजनमा कृषकहरूले भोग्दै आएको मल अभावलाई सम्बोधन गर्न सरकारले विभिन्न देशबाट ठूलो परिमाणमा रासायनिक मल भित्र्याउने तयारी तीव्र पारेको छ । साउन मसान्तभित्रमा करिब दुई लाख दश हजार मेट्रिक टन युरिया तथा डीएपी मल ल्याउने कार्यतालिका कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार भारतसँगको जीटूजी (सरकार–सरकार) सम्झौता र अन्तर्राष्ट्रिय टेन्डरमार्फत यी मलहरू ल्याउन लागिएको हो । भारतबाट जीटूजी प्रक्रियामार्फत ८० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएकोमा पहिलो चरणमा ५० हजार टन साउनको दोस्रो सातासम्ममा नेपाल भित्रिसक्नेछ । यसैगरी, ग्लोबल टेन्डरबाट खरिद गरिएको १ लाख ८० हजार मेट्रिक टन (६० हजार…

Read More

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । खेलमा इक्वेडरलाई २-० गोल अन्तरले पाखा लगाउँदै मेक्सिको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । घरेलु दर्शकको बलियो समर्थन पाएको मेक्सिकोले खेलको सुरुवातदेखि नै विपक्षीमाथि दबाब बनाएको थियो । खेलको २२औं मिनेटमा जुलियन किनोनेसले तीव्र काउन्टर अट्याकमार्फत आकर्षक गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको केही बेरमै, अर्थात् ३१औं मिनेटमा राउल हिमेनेजले शक्तिशाली प्रहारमार्फत दोस्रो गोल थपेपछि मेक्सिको खेलमा पूर्ण रूपमा हाबी भयो । दोस्रो हाफमा भने इक्वेडरले पुनरागमनका लागि निकै प्रयास गरेको थियो । तर, मेक्सिकोले…

Read More

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै आज पनि धेरैजसो क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित ठुलो वर्षा हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी एवं सतर्कता अपनाउन अपिल गरिएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा बादल लागिरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका सीमित क्षेत्रमा बिहानैदेखि चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसोभरि नै देशैभरिको आकाश बादलले ढाक्ने मौसमविद्हरूको अनुमान छ । हिमाली भेगका…

Read More

आजको राशिफल बिस २०८३ असार १७ गते बुधबार ईस २०२६ जुलाई १ नेपाल सम्बत ११४६ तछलाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, असार कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषढा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटम र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आत्मविश्वास र उत्साहका साथ अगाडि बढ्ने संकेत देखिन्छ। लामो समयदेखि अधुरा रहेका काम पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, अनुशासन र निर्णय…

Read More

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार सातौँ दिन पनि ओरालो लागेको छ । आज मङ्गलवार बजार परिसूचक २४ दशमलव ६३ अङ्कले गिरावट आएसँगै २ हजार ६०८ दशमलव ३३ विन्दुमा कायम भएको छ । गत असार ८ गतेदेखि सुरु भएको ओरालो यात्रा निरन्तर रहँदा सात कारोबार दिनमा नेप्से ९३ अङ्कभन्दा बढीले घटिसकेको छ । यस दिन बजारका सबै उपसमूहगत सूचकहरू राताम्मे भएका छन् । जसमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र फाइनान्स समूहको सूचकमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट दर्ता भएको छ । मङ्गलवार…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरूको नामावली परिवर्तन गरेको छ । निर्वाचनको अन्तिम मत परिणामलाई पुनः जाँच गर्दा प्राविधिक त्रुटि भेटिएपछि पार्टीले दुई जना केन्द्रीय सदस्यको नाम हेरफेर गर्दै नयाँ सूची सार्वजनिक गरेको हो । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आदिवासी जनजाति कोटातर्फ यसअघि केन्द्रीय सदस्यमा विजयी भनिएका कृष्णमान श्रेष्ठको स्थानमा अब ध्रुवकुमार थापामगर चयन हुनुभएको छ । यसैगरी प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट विजयी घोषणा गरिएका सोम शर्माको नाम हटाएर पूजा बास्तोलालाई निर्वाचित गरिएको छ । महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ को प्रावधान अनुसार खसेको मत, उम्मेदवारहरूको मनोनयन पत्र र प्राप्त प्रमाणहरूको पुनः अध्ययन…

Read More

काठमाडौँ । तीनवटै सरकारबीचको आपसी समन्वयलाई सुदृढ बनाउँदै स्थानीय तहमा देखिएका विविध अड्चन फुकाउने विषयमा संघीय र प्रादेशिक नेतृत्वबीच महत्वपूर्ण संवाद भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच भएको भेटवार्तामा पालिका स्तरमा देखिएका प्रशासनिक र कानुनी जटिलता समाधानका उपायबारे बहस भएको हो । विशेष गरी स्थानीय तहमा कायम कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट निर्माण र अन्य व्यावहारिक चुनौतीहरूलाई कसरी पार लगाउने भन्नेमा दुवै पक्षले केन्द्रित भएर संवाद गरेका थिए । छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय निकायले भोगिरहेका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै प्रादेशिक सरकारका तर्फबाट ती समस्या…

Read More

काठमाडौँ । केन्द्रिय बैंकले वित्तीय बजारबाट ३५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन एक वर्षे अवधिको ऋणपत्र बिक्री खुल्ला गरेको छ । नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबार अपरान्ह ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार यो ऋणपत्रको परिपक्व हुने अवधि एक वर्षको हुनेछ र यसको सावाँ भुक्तानी २०८४ असार १६ गते गरिनेछ । बोलकबोल प्रक्रियाबाट यसको ब्याजदर तय गरिनेछ भने लगानीकर्ताले प्रत्येक छ महिनामा ब्याज भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । यस ऋणपत्र खरिदका लागि वित्तीय संस्थाहरुले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म…

Read More