- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
रसुवा । रसुवा र नुवाकोटको सीमावर्ती क्षेत्र वेत्रावतीमा नयाँ बेलिब्रिज निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइएको छ । आगामी पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने तयारी भइरहेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् । अविरल वर्षा र बाढीका कारण क्षति पुगेको सडक संजाललाई आसन्न दसैँअगावै सुचारु गराउने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारिएको हो । यसअघि नै गल्छीदेखि वेत्रावतीसम्मको अस्थायी मार्ग सञ्चालनमा आइसकेको छ । यो पुल बनिसकेपछि गल्छी-वेत्रावती खण्ड हुँदै रसुवाको सदरमुकाम धुन्चे तथा पर्यटकीय क्षेत्र स्याफ्रुबेँसीसम्मको यातायात सेवा पुन: जोडिने मन्त्री लम्सालले जानकारी दिएका छन् ।
काठमाडौँ । मुलुकभरका भूमिहीन तथा सुकुम्बासी समस्यालाई आगामी १ हजार दिनभित्र स्थायी रूपमा समाधान गर्ने गरी रणनीति अघि बढाइएको छ । अहिलेसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ स्वबासी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् । यो कार्यलाई अभियानका रूपमा देशभर विस्तार गर्ने योजना छ । गठित समितिमार्फत एकीकृत तथ्यांक संकलन भइरहेको छ र हालसम्म प्रणालीमा प्रविष्ट भएका १३ लाख ११ हजार १९७ निवेदनको अध्ययन तथा प्रमाणीकरण तीव्र पारिएको छ । विसं २०१५ को निर्वाचनयता निरन्तर उठ्दै आएको यो मुद्दामा आयोग र कार्यविधि बने पनि ठोस परिणाम आउन सकेको थिएन । २०७७ सालयता मात्रै…
सिमरा । बाराको सिमरामा उच्च शिक्षाको सुधार तथा राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी दुईदिने उच्चस्तरीय संवाद कार्यक्रम सुरु भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र युनेस्को नेपालको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रममा सङ्घीय सांसद, प्रदेश सरकारका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, नीति निर्माता, नागरिक समाज तथा शिक्षाविद्हरूको सहभागिता छ । कार्यक्रमको पहिलो सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको समग्र स्थिति, सम्भावना र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका छन् । दुई दिनसम्म चल्ने यो संवादमा मधेश प्रदेशका जिल्लागत सम्भाव्यता, सुधारका रणनीति र उच्च शिक्षामा विश्वविद्यालयहरूको भूमिका विषयमा समूहगत छलफल हुने जनाइएको छ । राष्ट्रिय योग्यता प्रारूपअन्तर्गत औपचारिक, अनौपचारिक तथा…
काठमाडौँ । सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका प्रमुख पाँच निर्णयहरू बाहिर ल्याएको छ । शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक सकिएलगत्तै निर्णयहरूबारे सञ्चारकर्मीहरूलाई जानकारी गराएका हुन् । बैठकले नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रूपैयाँ बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । यो रकम नगरपालिकाहरूमा स्वच्छ ऊर्जा र रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि परिचालन गरिनेछ । यसैगरी, नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू २०८३ तथा वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ लाई बैठकले स्वीकृति दिएको छ । यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा…
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा ओर्लिएर बन्द भएको छ । आज बजारमा कुल ३५९ वटा कम्पनीको ९० लाख ३ हजार ३८८ कित्ता शेयर किनबेच भएको छ । दिनभरि भएका कारोबारबाट कुल ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ बराबरको कारोबार रकम दर्ता भएको छ । समूहगत सूचकतातर्फ हेर्दा ट्रेडिङ उपसमूह बाहेक बाँकी सबै क्षेत्रका शेयर मूल्यमा गिरावट देखिएको छ । आजको कारोबारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको शेयर मूल्य ५.७५ प्रतिशतले बढेको छ…
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार देशभरका फरक-फरक सडक खण्डमा भएका यी दुर्घटनाहरूमा अन्य १२१ जना घाइते भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनाबाट सबैभन्दा धेरै क्षति मधेश प्रदेशमा भएको छ, जहाँ ५ जनाको ज्यान गएको छ। यस्तै काठमाडौँ उपत्यका, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा २-२ जना तथा कोशी प्रदेशमा १ जनाको मृत्यु भएको छ । घाइते हुनेहरूमा कोशी प्रदेशका २८ जना, लुम्बिनीका २७ जना र मधेश प्रदेशका २३ जना रहेका छन् । यसैगरी काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १३ जना, कर्णालीमा ९ जना, गण्डकीमा…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनका लागि पार्टीले ‘निर्वाचन ब्युरो’ गठन गरी पारदर्शी ढंगले उम्मेदवार चयन गर्ने बताएका छन् । पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रीय कार्यालयअन्तर्गत बन्ने ब्युरोमार्फत नै उम्मेदवारको योग्यता र मापदण्ड तय गरिने जानकारी गराएका हुन् । अब कांग्रेसको तर्फबाट कुनै पनि तहको उम्मेदवार बन्नका लागि पार्टीको ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा तोकिएको कोर्स पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे । आगामी स्थानीय तहको निर्वाचनमा कुल ७५३ पालिकामध्ये कम्तीमा १०० वटा पालिकामा महिलालाई मेयर वा अध्यक्षको उम्मेदवार बनाउने रणनीति लिइएको उनले उल्लेख गरे । टिकट वितरणमा नातावाद, चाप्लुसी र…
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यलाई सरकारले हालका लागि स्थगन गर्दै अबको ध्यान पुनर्निर्माण र पुनर्स्थापनातर्फ केन्द्रित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले प्रभावित क्षेत्रका संरचना पुनः निर्माण गर्ने कार्यलाई तीव्र गतिमा अघि बढाउने तय गरेको हो । स्थलगत निरीक्षणका क्रममा प्राप्त प्रतिवेदन तथा जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन प्राधिकरणको सिफारिसका आधारमा उद्धार चरण समाप्त भएको निष्कर्ष निकालिएको हो । बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति ५०४ वटा विभिन्न आयोजना तथा कार्यक्रमका लागि कुल…
काठमाडौँ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पछि पार्दै पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लावियो बोल्सोनारो अग्रस्थानमा देखिएका छन् । सार्वजनिक नतिजा अनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतको सीमा पार गर्न नसकेपछि आगामी अक्टोबर २५ मा दोस्रो चरणको निर्णायक मतदान हुने भएको छ । पहिलो चरणमा ४५ वर्षीय सिनेटर फ्लावियोले करिब ४७ प्रतिशत मत प्राप्त गर्दा ८० वर्षीय लुलाले करिब ४५ प्रतिशत मतमा चित्त बुझाउनुपरेको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारो सत्ता कब्जाको षड्यन्त्रसम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय पाएपछि चुनाव लड्न अयोग्य बनेका थिए । त्यसपछि बोल्सोनारो परिवारको राजनीतिक विरासत जोगाउने जिम्मेवारी पाएका फ्लावियो…
काठमाडौँ । चलचित्र विकास बोर्डले असोज १८ गते आइतबारसम्मको स्वदेशी चलचित्रको बक्स अफिस आँकडा सार्वजनिक गरेको छ । बोर्डको पछिल्लो प्रतिवेदन अनुसार हलहरूमा प्रदर्शनरत चलचित्रहरूले दर्शकको उल्लेख्य साथ पाइरहेका छन् । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको बहुचर्चित चलचित्र ‘गौथली’ ले घरेलु बक्स अफिसमा ऐतिहासिक कमाइ गर्दै २६ करोड १ लाख ९६ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सिनेमाले ९ लाख ४४ हजार २६३ वटा टिकट बिक्री गर्न सफल भएको छ । त्यस्तै, भदौ २६ गतेदेखि एकसाथ हलमा पुगेका दुई चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मध्ये पेन्सन पट्टाले ९ करोड १३ लाख १६ हजार रुपैयाँ कमाउँदै ३ लाख…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
