Author: khaptadm-admin

काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ, जहाँ अहिलेसम्म २१ वटा राष्ट्रले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् । शनिबार बिहानसम्मका खेलहरूको नतिजा अनुसार विभिन्न समूहबाट ९ टोली विजेताका रूपमा र ८ टोली उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । यसैगरी, उत्कृष्ट प्रदर्शनका आधारमा आ–आफ्नो समूहमा तेस्रो स्थानमा रहेका थप ४ देशले पनि नकआउटको टिकट काटेका छन् । समूह विजेता बन्दै नकआउटमा स्थान बनाउने टोलीहरूमा मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, स्पेन, फ्रान्स र अर्जेन्टिना रहेका छन् । त्यसैगरी, दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे र नर्वे उपविजेताका रूपमा…

Read More

कैलाली । दुई दिनदेखि बेपत्ता भएका कैलालीका एक नाबालक जङ्गलमा मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना बस्ने १० वर्षीय चनोज चौधरी कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । यही असार १० गते साँझ ५ बजेतिर घरबाटै अचानक गायब भएका चौधरी भोलिपल्टसम्म फेला नपरेपछि परिवारले असार ११ गते मात्रै प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा असार १२ गते दिउँसो करिब ३ बजे आफन्त र संयुक्त प्रहरी टोलीले बालकको शव स्थानीय वनभित्र फेला पारेको हो । यस दुःखद घटनाको रहस्य सुल्झाउनका लागि प्रहरीले शङ्कास्पद चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दै घटनाको गम्भीर…

Read More

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई ठगी र आपराधिक विश्वासघातको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको हो । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले प्रपञ्च र अनुचित प्रभाव प्रयोग गरी संस्थालाई ठुलो आर्थिक हानि पुर्‍याएको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले विद्यालयलाई अनुचित क्षति पुर्‍याउने नियतले डर र त्रास देखाई भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो निजी कम्पनीको नाममा नामसारी गराएको अनुसन्धानमा देखिएको छ…

Read More

काठमाडौँ । मुलुकका पूर्वी र मध्य भेगमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा अहिले मनसुनको प्रभाव रहेको छ । बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक असर देखिएको छ । विभागले कर्णाली र सुदूरपश्चिम सहित गण्डकी र लुम्बिनीका बाँकी हिस्सामा आगामी ४–५ दिनभित्र मनसुन विस्तार हुने अनुमान गरेको छ । अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली छ । सुदूरपश्चिम र कर्णालीका तराई क्षेत्रमा भने मौसम सफा रहेको…

Read More

आजको राशिफल बिस २०८३ असार १३ गते शनिबार ईस २०२६ जुन २७ नेपाल सम्बत ११४६ तछलाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज नयाँ सोच र उत्साहका साथ दिनको सुरुवात हुनेछ। विगतदेखि रोकिएका कामले गति लिन सक्छन् र मेहनतअनुसारको प्रतिफल प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र आत्मविश्वासले…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौतमले अर्की प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । खसेको मतमध्ये गौतमले ७८९ मत प्राप्त गरिन् भने कार्कीले ५७२ मत पाइन् । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने प्रयास स्वरूप यो निर्वाचन सम्पन्न भएको हो । दुवै जना संसद्‍मा समेत सक्रिय भूमिकामा रहेका युवा नेता हुन् ।

Read More

काठमाडौँ । नदीकिनारका सुकुम्बासी बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेको भन्दै आन्दोलन सुरु गरेका छन् । उचित पुनःस्थापनाको ग्यारेन्टी बिना नै सेन्टर खाली गर्न ताकेता गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफूहरूको उठिबास लगाउन लागिएको भन्दै आक्रोश व्यक्त गरे । गत वैशाख महिनामा काठमाडौँ उपत्यकाभित्रका नदीकिनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए । त्यसबेला विस्थापित भएका परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो । यसैबीच, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार नै एक सूचना…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन आयोजना भइरहेको उद्योग वाणिज्य सङ्घको हलमा आज साँझ साढे ६ बजे शपथ ग्रहण कार्यक्रमको समय तोकिएको छ । महाधिवेशनको पहिलो चरणको निर्वाचन प्रक्रियाबाट पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्यहरू चुनिएका छन् । त्यसैगरी , दोस्रो चरणको प्रक्रियामा डा. स्वर्णिम वाग्ले उपसभापति पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी रहेका एक महिला उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि भने अहिले मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार…

Read More

काठमाडौँ । धितोपत्र बजारमा हप्ताको अन्तिम कारोबार दिन शुक्रबार पनि सूचकमा ओरालो लाग्ने क्रम रोकिएन । लगातार उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले ओरालो लागेर २६४९.५१ विन्दुमा ओर्लिएर बन्द भएको छ । आज बजारमा कुल ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ । समूहतर्फ हेर्दा होटल्स, हाइड्रोपावर, म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ उपसमूहमा सुधार देखिए पनि बाँकी सबै क्षेत्रका लगानीकर्ताले गुमाएका छन् । उतारचढावका बीच आज स्नो रिभरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी टक्सार पिखुवा…

Read More

कञ्चनपुर । महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको छ । दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन क्षेत्रबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बीउ र त्यसलाई ओसारपसार गर्न प्रयोग गरिएको ना ८ ख १९९४ नम्बरको ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकलाई रोकेर खानतलास गरेको थियो । जाँच गर्ने क्रममा ट्रकमा बिना भन्सार लैजाँदै गरेको २ हजार २० केजी खरबुजाको बीउ फेला परेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्…

Read More