Author: khaptadm-admin

इटहरी । सुनसरीको इटहरीमा युवाहरूलाई लक्षित गर्दै आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ । प्राविधिक तथा व्यावहारिक सीपमार्फत युवाहरूलाई सीधै रोजगारदातासँग जोड्ने लक्ष्यका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयले यो आयोजना अघि बढाएको हो । असोज २० गतेसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्नेछन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने शुभारम्भ समारोहमा थारू समुदायको परम्परागत नृत्य र नौमती बाजासहितका विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने कार्यक्रम छ । उद्घाटन सत्रलगत्तै ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष विचार-विमर्श आयोजना गरी युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न प्रेरित गरिनेछ । मन्त्रालयका…

Read More

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बुधबार बिहान काठमाडौँ अवतरण गरेको छ । गत असोज ४ गते अमेरिका प्रस्थान गरेका मन्त्री खनालले न्युयोर्क बसाइका क्रममा महासभाका उच्चस्तरीय सत्र, विभिन्न सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय बैठकहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । सो क्रममा उनले अन्य मुलुकका समकक्षी तथा उच्च कूटनीतिक अधिकारीहरूसँग द्विपक्षीय हितका विषयमा छलफल समेत गरेका थिए ।

Read More

कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनीलाई मुख्य भूभागसँग जोड्ने ऐतिहासिक झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । बुधबार बिहान नदीमा आएको बाढीले पुलको मध्यभागको एक मुख्य पोल बगाएपछि यो संरचना चुडिएको हो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने यस पैदलयात्री पुललाई देशकै लामो तथा एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा लिइन्थ्यो । एक हजार चार सय ५२ दशमलव ९६ मिटर लम्बाइ र एक दशमलव छ मिटर चौडाइ रहेको यो पुलबाट विसं २०६२ देखि नियमित रूपमा आवतजावत सञ्चालन हुँदै आएको थियो । महाकाली बाँधभन्दा दक्षिणतर्फ भारतीय सीमा नजिकै अवस्थित यस पुलको क्षतिसँगै स्थानीय बासिन्दाको दैनिक आवागमन र जनजीवन…

Read More

काठमाडौँ । उत्तर अमेरिकी छिमेकी मुलुक क्यानडाबाट आयात हुने करिब एक अर्ब अमेरिकी डलर बराबरका विभिन्न सामग्रीमाथि अमेरिकाले कडा प्रतिबन्धको घोषणा गरेको छ । हालै सार्वजनिक विवरणअनुसार प्रतिबन्धित वस्तुहरूको सूचीमा मादक पेय पदार्थ, दुग्धजन्य उत्पादन र मोटरसाइकललगायतका सामान परेका छन् । अमेरिका र क्यानडाबीच विगत केही समयदेखि चर्किएको व्यापारिक किचलोलाई यो नयाँ निर्णयले झनै जटिल मोड़मा पुर्‍याउने विश्लेषण गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै सतहमा आएको दुई देशको व्यापार विवादलाई यस कदमले थप बल्झाएको छ । भौगोलिक र राजनीतिक रूपमा क्यानडा अमेरिकाको लामो समयदेखिको साझेदार मानिन्छ । यी दुई मुलुकबीच वार्षिक रूपमा करिब ८८० अर्ब अमेरिकी…

Read More

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । सर्भेयर छनोटमा हुने ढिलाइ र पक्षपात अन्त्य गर्ने उद्देश्यले तयार पारिएको यो स्वचालित प्रणालीको परीक्षणसमेत सम्पन्न भइसकेको छ । यसअघि म्यानुअल तरिकाले सर्भेयर छनोट गर्दा केही निश्चित सर्भेयरले मात्रै धेरै काम पाउने र अन्यले अवसर नपाउने गुनासो व्यापक थियो । नयाँ प्रणाली लागू भएसँगै बीमा दाबी दर्ता हुनासाथ सर्भेयरको विज्ञता, वरिष्ठता, भौगोलिक उपस्थिति र हालको कार्यचाप (पोर्टफोलियो) का आधारमा सफ्टवेयरले स्वतः उपयुक्त सर्भेयर खटाउनेछ । यसले दाबी फर्छ्यौट प्रक्रियालाई छिटो, कम खर्चिलो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ…

Read More

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीहरूले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। विश्वविद्यालय अनुदान आयोग एवं शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन र कार्यकारी परिषद्को निर्णयअनुसार यो कदम चालिएको हो। वनविज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित ५ सदस्यीय समितिमा डा. कृष्णप्रसाद थापालिया, राजेन्द्र बस्याल, सहदेव चौधरी सदस्य तथा दिनेश अधिकारी सदस्य-सचिव रहेका छन्। समितिले स्थापना कालदेखि बिदा लिई अध्ययनरत वा समायोजन भई आएका कर्मचारीहरूको बिदा स्वीकृति, अध्ययन प्रगति र बिदा अवधिमा गरिएका गतिविधिको विस्तृत अध्ययन गर्नेछ। उक्त छानबिन समितिले आगामी २०८३ पुस १३ गतेभित्र आफ्नो…

Read More

काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न विधेयकहरूलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक पारित गर्नेसम्मको तयारी रहेको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उहाँले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्नुहुनेछ । त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता…

Read More

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी चारवटा विभिन्न संसदीय समितिका बैठकहरू सञ्चालन हुँदैछन् । बिहान ८:३० बजेबाट सुरु हुने अर्थ समितिको बैठकमा नेपालको सेयर बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल हुने कार्यक्रम तय भएको छ । यसैगरी, बिहान ९:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका कारागार र हिरासतमा रहेका कैदीबन्दीहरूको मानव अधिकार अवस्थाबारे तयार पारिएको उपसमितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ । राष्ट्रिय सभातर्फ, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा आगामी…

Read More

आजको राशिफल बिस २०८३ असोज १४ गते बुधबार ईस २०२६ सेप्टेम्बर ३० नेपाल सम्बत ११४६ ञलागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल कृष्ण पक्ष चतुर्थी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा गति बढ्नेछ र आफूले चाहेको परिणामका लागि सक्रिय भएर लाग्न सकिनेछ। बुधको प्रभावले सहकर्मीसँगको संवाद सहज बनाउनेछ। नयाँ जिम्मेवारी आए पनि त्यसलाई व्यवस्थित…

Read More

काठमाडौँ । चाडपर्वको समय नजिकिँदै गर्दा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्ने भएको छ । चाडपर्वमा यात्रुको चाप अत्यधिक हुने र लामो यात्रामा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले यस्तो कदम चालेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार नियमित जाँचका क्रममा यदि एउटा मात्र चालक राखेर सवारी चलाएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ । दुई जना चालक हुँदा पालैपालो गाडी चलाउन पाइने भएकाले आरामको अभावमा हुने सम्भावित दुर्घटना रोक्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । यसैगरी ट्राफिक प्रहरीले…

Read More