- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक: अमेरिकी अनुदान स्वीकार, निजामती विधेयक संसद्मा पेस गरिने
काठमाडौँ । सरकारले अमेरिकी सहायता स्वीकार गर्नेसँगै निजामती सेवा, पशु बधशाला र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयकहरूलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमला-ढल्केवर-पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन…
काठमाडौँ । भारत सरकारले पछिल्लो समय कच्चा खाद्य तेलको आयात शुल्कमा गरेको भारी कटौतीले नेपालबाट भारततर्फ हुँदै आएको प्रशोधित तेलको निर्यात प्रभावित हुने जोखिम बढेको छ । भारतले कच्चा पाम, भटमास र सूर्यमुखी तेलको भन्सार दर घटाएपछि भारतीय उद्योगीहरूले तेस्रो मुलुकबाट सस्तोमा कच्चा पदार्थ आयात गर्न सक्ने भएका छन् । यसले गर्दा विगतमा नेपाली उद्योगहरूले पाउँदै आएको ‘ड्युटी डिफरेन्स’ (भन्सार अन्तर) को लागतगत लाभ कमजोर बनेको छ । नेपाल चामल, तेल, दाल उत्पादक संघका सदस्य विभोर अग्रवालका अनुसार भारतमा कच्चा तेलको आयात शुल्क घटेसँगै त्यहाँका स्थानीय उद्योगीहरूले नै सस्तो मूल्यमा तेल उत्पादन गर्न सक्नेछन् । यसअघि भारतमा कच्चा तेलमा बढी…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ । यससँगै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने निश्चित भएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार स्थानीय स्तरका वडा, गाउँपालिका र नगरपालिका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । तर, केही निर्वाचन क्षेत्रमा प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको छ । देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसले सिर्जना गरेको प्रतिकूल अवस्थाका कारण तोकिएको समयमै प्रतिनिधि चयन पूरा हुन नसकेपछि महाधिवेशनको कार्यतालिका दुई दिन पछाडि धकेल्नु परेको पार्टीले जनाएको छ । यसअघि…
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मितेरी टोलमा आधा दर्जन सवारीसाधन एकापसमा ठोक्किएका छन् । अचानक अगाडिको गाडीले ब्रेक लगाउँदा नियन्त्रण गुमाएर पछाडिका गाडीहरू जुध्न पुगेका हुन् । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तेल बोकेको ट्याङ्करले लेन छाडेर अर्कोतर्फ जाँदा पछाडि रहेको ट्रकमा क्षति पुगेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय खानीखोलाले अनुसन्धान अघि बढाउँदै भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ ।
काभ्रे । लगातार पाँच दिनदेखि ठप्प रहेको बीपी राजमार्ग मङ्गलबार बिहानबाट पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण चौकीडाँडा क्षेत्रमा डाइभर्सन बनाउन नसकिएपछि निर्माणाधीन स्थायी ट्र्याकको भागलाई प्रयोगमा ल्याएर एकतर्फी यातायात खोलिएको हो । इलाका प्रहरी कार्यालयका अनुसार हाल साना तथा निजी सवारी साधनहरूलाई मात्र गन्तव्यतर्फ जान दिइएको छ । भोलिसम्ममा ठूला बस तथा मालवाहक ट्रकसमेत सञ्चालन गर्न सकिने गरी सडक फराकिलो बनाउने कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कनुअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार बिदाई भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर उनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हित, आपसी सम्बन्ध तथा कार्यकालभर भएका सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
पर्वत । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरस्थित घरमाथिबाट खसेको सुख्खा पहिरोमा च्यापिएका एक ज्येष्ठ नागरिकलाई उद्धार टोलीले सकुशल बाहिर निकालेको छ । मंगलबार बिहान अचानक ढुङ्गामाटोसहित आएको पहिरोले घर पुरिँदा स्थानीय ६५ वर्षीय आत्माराम आचार्यभित्रै थुनिएका थिए । घटनालगत्तै खटिएको उद्धार टोलीले समयमै पुगेर उनलाई जीवितै उद्धार गर्न सफल भएको हो । पहिरोमा च्यापिँदा आचार्यको टाउको र दाहिने आँखामाथि चोट लागेको छ। उहाँ सामान्य बोल्न सक्ने मध्यम अवस्थामा हुनुहुन्छ । प्राथमिक उपचारपछि थप उपचारका लागि उहाँलाई छिमेकी जिल्ला म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका नेपाली टोलीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिता हेराथबीच उच्चस्तरीय छलफल भएको छ । न्युयोर्कस्थित श्रीलंकाको स्थायी नियोगमा सम्पन्न उक्त भेटवार्तामा दुई देशबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै निम्तिएको जलवायुजन्य विपद्का बेला श्रीलंका सरकार र त्यहाँका नागरिकले दर्शाएको सहानुभूति, ऐक्यबद्धताका साथै मानवीय तथा आर्थिक सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गरे । वार्ताका क्रममा दुवै देशका मन्त्रीहरूले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा बस्नुपर्ने…
काठमाडौँ । विश्वभर प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिन खाद्य हानि तथा फोहोरसम्बन्धी सचेतनाका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । खाद्य सुरक्षामा सुधार ल्याउनुका साथै वातावरणको संरक्षण गर्नका लागि खाद्य वस्तुको हानि र फोहोर नियन्त्रण गर्नु अत्यावश्यक रहेको सन्देश फैलाउनु यस दिवसको प्रमुख ध्येय हो । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १२.३ ले सन् २०३० सम्ममा खुद्रा तथा उपभोक्ता तहमा हुने खाद्य फोहोरलाई आधा घटाउने र उत्पादनदेखि आपूर्ति शृङ्खलासम्म हुने क्षति न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको संयुक्त पहलमा आयोजित यस वर्षको दिवसको नारा ‘खाद्य क्षति र फोहोर घटाउने…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक आज बिहान १० बजेदेखि सुरु हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र समितिका प्रतिवेदन पेस गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ । यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेस गर्नेछन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
