Author: khaptadm-admin

काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वितरण सुरु भए तापनि आवश्यक कानुनी र प्रशासनिक संरचना परिवर्तन नहुँदा यसको पूर्ण उपयोग हुन सकेको छैन । एनआरएन नागरिकताको वर्तमान अवस्था र यसको निरन्तरताका विषयमा आयोजित एक भर्चुअल अन्तरक्रियामा सरोकारवालाहरूले यस्तो गुनासो गरेका हुन् । व्यावहारिक रूपमा ऐन-नियमहरू परिमार्जन नहुँदा गैरआवासीय नेपालीहरूले अझै पनि बैंकिङ कारोबार, मालपोत, राष्ट्रिय परिचयपत्र, लगानी तथा सम्पत्तिको उत्तराधिकार जस्ता क्षेत्रमा अनेकौँ झन्झट बेहोर्नुपरिरहेको सहभागीहरूको भनाइ छ । उक्त वेबिनारमा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले सरकारले एनआरएन सम्बन्धी एकीकृत ऐनलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने माग राखेका छन् । उनीहरूले नागरिकताले मार्गप्रशस्त गरे पनि अन्य सहायक कानुनहरू संशोधन…

Read More

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रका कार्यक्रमहरू अगाडि बढेका छन् । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको यस सत्रमा पार्टीको आगामी कार्यदिशा र आन्तरिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । बिहान साढे ८ बजे सुरु भएको आजको सत्रमा सुरुमा अनुशासन आयोगको प्रतिवेदन र त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ । त्यसैगरी महामन्त्री बुर्लाकोटीले पार्टीको साङ्गठनिक प्रतिवेदन पेस गरेपछि त्यसमाथि प्रतिनिधिहरूबीच खुला छलफल हुनेछ । मध्याह्न ११: ४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ…

Read More

काठमाडौँ । जारी फिफा विश्वकपको समूह ‘जी’ अन्तर्गत आज हुने महत्त्वपूर्ण खेलमा न्युजिल्यान्ड र इजिप्ट प्रतिस्पर्धा गर्दै छन् । समूह चरणको आगामी यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै निर्णायक हुने देखिएको छ । नेपाली समय अनुसार आज बिहान ६:४५ बजेदेखि सुरु हुने यस खेलले समूहको समीकरणमा ठूलो हेरफेर ल्याउन सक्छ । यसअघिका सुरुवाती खेलहरूमा दुवै टोलीले बराबरी खेलेका कारण हाल समूह ‘जी’ मा रहेका चारै टोलीको समान एक-एक अंक रहेको छ । आफ्नो पहिलो खेलमा इजिप्टले बलियो टोली बेल्जियमसँग बराबरीको नतिजा निकालेको थियो । अर्कातर्फ, न्युजिल्यान्डले इरानविरुद्ध दुई पटकसम्म अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा…

Read More

काठमाडौँ । मुलुकको पूर्वी भू-भागमा मनसुनी वायु सक्रिय हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ । अहिले कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने मधेश र बागमतीको तराई क्षेत्रमा आंशिक बादल लागेको छ । लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा भने मौसम सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका तराई क्षेत्र…

Read More

आजको राशिफल बिस २०८३ असार ८ गते सोमबार ईस २०२६ जुन २२ नेपाल सम्बत ११४६ तछलाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, व्यतिपात योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज आत्मविश्वास र ऊर्जा बढ्नेछ। काममा रोकिएका योजना अघि बढ्ने सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ र तपाईंले त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहुनेछ। आर्थिक पक्ष सामान्य सुधारतर्फ देखिए…

Read More

काठमाडौँ । विश्वभरका साथै नेपालमा पनि आज विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । यस वर्ष ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ यो दिवस देशभर मनाउन लागिएको हो । हरेक वर्ष जुन २१ तारिखका दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय बमोजिम सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको इतिहास छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योगको महत्त्वबारे चर्चा गर्दै यस दिवसको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएका थिए भने पछि…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्तमान सरकार एक निश्चित लक्ष्यका साथ अघि बढिरहेकाले यसको गति अनियन्त्रित नभएको स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारलाई ‘एक्सप्रेस’ गाडीको संज्ञा दिँदै यो आफ्नो गन्तव्यमा पुगेर मात्र रोकिने दाबी गर्नुभयो । केही राजनीतिक दलहरूले सरकारको कार्यशैलीप्रति उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले सरकार नियम र कानुनको परिधिभित्रै रहेर सञ्चालन भइरहेको बताउनुभयो । प्रधानमन्त्री शाहले रास्वपाको वैचारिक दृष्टिकोणलाई लिएर चासो राख्नेहरूलाई यो दल मुख्य रूपमा विकासवादी एजेन्डामा केन्द्रित रहेको जानकारी दिनुभयो । रास्वपा काम गर्नका लागि बनेको…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुनै पनि किसिमको आन्तरिक समूह वा उपगुट मौलाउन नदिई अघि बढ्नुपर्नेमा पार्टी सभापति रवि लामिछानेले जोड दिनुभएको छ । विगतका पुराना राजनीतिक दलहरूले भोगेका खराब अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो संगठनलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र पूर्ण एकता कायम रहेमा आगामी दिनमा रास्वपालाई कसैले पनि चुनौती दिन नसक्ने दाबी गर्नुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरूमा त्याग र बलिदानको भावना समान हुनुपर्ने भन्दै उहाँले कहिलेकाहीँ अरूले त्याग गर्दा खुसी हुने र आफूले गर्नुपर्दा दुःखी हुने प्रवृत्ति देखिने हुनाले…

Read More

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि दौडमा रोयल च्यालेन्जर्स बैंगलुरुले पुनः आफ्नो वर्चस्व साबित गरेको छ । गएराति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले स्तब्ध पार्दै बैंगलुरु लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । गुजरातले प्रस्तुत गरेको १५६ रनको चुनौतीलाई बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर सहजै पछ्यायो । बैंगलुरुलाई उपाधि दिलाउन कप्तान विराट कोहलीले कप्तानी इनिङ खेल्दै अविजित ७५ रनको योगदान दिए । त्यस्तै टोलीको जितमा वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन जोड्दै बलियो साथ दिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट…

Read More

काठमाडौँ । बालबालिकाको हेरचाह, संरक्षण र विकासमा आमाबुबाले पुर्‍याउने अतुलनीय योगदानको कदर गर्दै आज संसारभर विश्व अभिभावक दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ मा निर्णय गरेबमोजिम हरेक वर्षको जुन १ तारिखलाई यस विशेष दिनका रूपमा मनाउन थालिएको हो । यो दिवसले सन्तानको सुख र भविष्यका लागि अभिभावकले गर्ने निस्वार्थ त्याग, समर्पण र अथक मेहनतलाई सम्मान गर्ने अवसर दिन्छ । राष्ट्रसंघका अनुसार बालबालिकाको उचित पालनपोषण र सुरक्षाको पहिलो र मुख्य थलो परिवार नै हो । बालबालिकाको व्यक्तित्वलाई पूर्ण र सन्तुलित रूपमा विकास गर्न उनीहरूलाई माया, खुसी, सुरक्षा र आपसी समझदारीले भरिपूर्ण पारिवारिक वातावरण दिनु आवश्यक हुन्छ । यस वर्ष…

Read More