- आन्तरिक राजस्व विभागद्वारा करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा, १५ जनाले पाउने १-१ लाख
- नेपाल गुणस्तर परिषद्द्वारा इथानोल र रबर मापदण्डसम्बन्धी अन्तर्राष्ट्रिय गुणस्तर स्वीकृत
- आज प्रतिनिधि सभा बैठक बस्दै, राहदानीसहित विभिन्न विधेयक पेस हुने कार्यसूची
- नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, नवनियुक्त पदाधिकारीले लिए शपथ
- प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै, पर्यटन विधेयकदेखि कारागार अवस्थासम्म छलफल हुने
- देशभर मनसुनी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- आजको राशिफल: २०८३ साउन २२ गते शुक्रबार (नेपाल सम्बत ११४६)
- सप्तकोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, कोशी ब्यारेजका २८ ढोका खोलिए
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ जेठ १७ गते आइतबार ईस २०२६ मे ३१ नेपाल सम्बत ११४६ अनालाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पुर्णिमा, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ०९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेटदेखि ७ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । मेष आज तपाईंको दिन…
काठमाडौँ । आगामी आर्थिक वर्षको नयाँ बजेटमार्फत सरकारले विद्युतीय सवारी साधन (ईभी) को भन्सार प्रणालीमा व्यापक परिवर्तन गर्दै किलोवाट क्षमताको पुरानो व्यवस्था खारेज गरेको छ । यसअघि मोटरको क्षमताका आधारमा फरक-फरक भन्सार महसुल निर्धारण गरिँदै आएकोमा अबदेखि सबै किसिमका ईभीमा २० प्रतिशतको ‘फ्ल्याट दर’ लागू गरिएको हो । भन्सारको दरलाई एकैनासको बनाइए पनि सरकारले ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर थप गरेपछि नेपाली बजारमा विद्युतीय गाडीको मूल्यमा उल्लेख्य वृद्धि हुने निश्चित भएको छ । नयाँ कर संरचना अनुसार २० लाख रुपैयाँसम्म मूल्य भएका ईभीमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)…
काठमाडौँ । मुलुकभर विभिन्न मौसमी प्रणालीको संयुक्त प्रभावका कारण हिजोआज मौसममा व्यापक बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र देशको नजिकै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरि नै मौसममा फेरबदल आएको हो । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण रूपमा आकाश बादलले ढाकेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रही बाँकी तराई क्षेत्रमा आंशिक रूपमा बादल लागेको छ । हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम खालको वर्षा भइरहेको…
आजको राशिफल बिस २०८३ जेठ १६ गते शनिबार ईस २०२६ मे ३० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३२ मिनेटदेखि…
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा नेपाल आत्मनिर्भरतातर्फ अघि बढ्दै गरेको एक सकारात्मक उदाहरण चितवनमा देखिएको छ । नेपालमै पहिलोपटक नेपाली जडीबुटीको प्रयोग गरेर क्यान्सर रोग विरुद्धको औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ बनाउन सुरु गरिएको हो । चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरमा सञ्चालित जायोडिन बायोटेक उद्योगले यो महत्त्वपूर्ण सुरुवात गरेको हो । उद्योगले स्थानीय स्तरमा उपलब्ध जडीबुटीलाई आधुनिक प्रविधिमार्फत प्रशोधन गरी औषधिजन्य कच्चा पदार्थको उत्पादन मात्र गरेको छैन, यसलाई छिमेकी देश भारतमा निर्यात समेत गर्न थालिसकेको छ । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार हाल उद्योगले अत्याधुनिक उपकरणहरूको सहायताले दुई प्रकारका कच्चा पदार्थ उत्पादन गरिरहेको छ । आगामी दिनमा यसलाई विस्तार गर्दै…
काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलका लागि तीन दिनको समय निर्धारण गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा जानकारी गराए अनुसार उक्त छलफल आउँदो जेठ १८, १९ र २० गते निरन्तर सञ्चालन हुनेछ । यसअघि बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विभिन्न विधेयकहरू संसद्मा पेस गर्नुभएको थियो । निर्धारित तीन दिनको अवधिमा संसद्मा उपस्थित सदस्यहरूले बजेटका व्यवस्था र प्राथमिकतामाथि आफ्ना टिप्पणी तथा सुझावहरू प्रस्तुत गर्नेछन् । सांसदहरूले उठाएका प्रश्न र राखेका जिज्ञासाहरूको संसद्मै अर्थमन्त्री डा. वाग्लेले जवाफ दिने कार्यतालिका तय गरिएको छ ।
काठमाडौँ । नेपाली भूमिमा आयोजना गरिएको काभा महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक इरानले आफ्नो पोल्टामा पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल भिडन्तमा काजकिस्तानमाथि ३–१ को सेटमा रोमाञ्चक जित निकाल्दै इरान च्याम्पियन बनेको हो । खेलको पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट भने १९–२५ ले काजकिस्तानलाई सुम्पन पुगेको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–१५ र चौथो सेट २५–२१ ले जित्दै इरानले उपाधि यात्रा तय गर्यो । यसअघि सन् २०२५ मा उज्वेकिस्तानमा आयोजित सोही प्रतियोगिताको फाइनलमा घरेलु टोलीलाई स्तब्ध पार्दै इरानले नै ट्रफी उचालेको थियो । यसैगरी,…
काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम अनुसन्धानका लागि छुट्याएको छ । लामो समयदेखि अनुसन्धान र आविष्कारका क्षेत्रमा सरकारी लगानी बढाउनुपर्ने माग राख्दै आउनुभएका सामाजिक अभियन्ता एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको यो सुझावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत सम्बोधन गर्नुभएको हो । नयाँ बजेटले नवउद्यम (स्टार्ट-अप), नवप्रवर्तन र उद्यमशीलतालाई देशको आर्थिक रूपान्तरणको मुख्य मेरुदण्डका रूपमा स्विकारेको छ । सरकारले नयाँ उद्यमहरूलाई पहिचान, आवश्यक सीप, बजार र वित्तीय पहुँचसँग जोड्ने नीति अघि सारेको छ । यसका लागि नाफामा आधारित कर सहुलियत, सार्वजनिक…
काठमाडौँ । रासायनिक मल खरिदका लागि सरकारले बजेटको आकार बढाएर ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत चालु आर्थिक वर्षको विनियोजनमा यो वृद्धि गरिएको जानकारी दिनुभयो । मुख्य खाद्यबाली लगाउने समयमा किसानले भोग्नुपर्ने मलको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले विशेष योजना अघि सारेको छ । यस अन्तर्गत अबदेखि रासायनिक मल आपूर्तिको छुट्टै क्यालेन्डर (तालिका) तयार गरिने भएको छ । उक्त क्यालेन्डर अनुसार बेलैमा मल आयात गरी कृषकहरूलाई व्यस्त सिजनमा सहज र सोझो वितरण हुने व्यवस्था मिलाइने अर्थमन्त्री डा. वाग्लेले बजेट वक्तव्यमार्फत स्पष्ट पार्नुभयो ।
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानवले पहिलोपटक सफलताका साथ पाइला टेकेको सुखद क्षणको स्मरण गर्दै आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोही ऐतिहासिक दिनको महत्त्वलाई कदर गर्दै हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्ष यो दिवस ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने मूल नाराका साथ विभिन्न चेतनामूलक तथा औपचारिक कार्यक्रमहरू आयोजना गरी देशभर मनाइँदैछ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
