- ६ समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
- दलगत राजनीतिमा लाग्ने शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन
- आजको राशिफल: २०८३ असोज ६ गते मंगलबार (नेपाल सम्बत ११४६)
- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
Author: khaptadm-admin
काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले इरानमाथि गर्न लागेको सम्भावित ठूलो कारबाही तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी मुलुकहरूको आग्रहमा कूटनीतिक सम्झौताका लागि अवसर दिन आक्रमण रोक्ने निर्णय लिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ट्रम्पले नयाँ सम्झौताका आधारभूत बुँदाहरूमा सहमति नजिक पुगेको दाबी गरेका छन् । प्रस्तावित सहमतिमा अन्तर्राष्ट्रिय व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलडमरूमध्य क्षेत्रलाई तत्काल पूर्ण रूपमा खुला गर्ने र इरानको आणविक कार्यक्रमबाट सिर्जित सुरक्षा जोखिम अन्त्य गर्ने विषय समावेश रहने बताइएको छ । इजरायलको समर्थन र समन्वयमा यो निर्णय लिइएको दाबी गरिए पनि ट्रम्पको…
पोखरा । पर्यटकीय नगरी पोखराको वडा नम्बर २२ स्थित कोदीमा दोस्रो कोदो महोत्सव भव्य रूपमा आयोजना गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मौलिक एवम् रैथाने बालीका रूपमा रहेको कोदोको संरक्षण र विस्तारमा जोड दिइएको थियो । समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले रैथाने बालीको प्रवर्द्धन र कृषकहरूलाई प्रोत्साहन गर्न महानगरपालिका निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कोदोको उत्पादन वृद्धि, उचित बजारीकरण र मूल्य अभिवृद्धिमार्फत किसानको जीवनस्तर सुधार्न विभिन्न नीति तथा कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो । खाद्य सुरक्षा र आत्मनिर्भर कृषिमा ध्यान दिनुपर्ने औंल्याउँदै उहाँले कार्यक्रमका बीच किसानहरूलाई कोदोको न्यूनतम समर्थन मूल्यसमेत हस्तान्तरण गर्नुभयो ।…
धनगढी । सेती प्रादेशिक अस्पतालमा अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकारले आज औपचारिक वार्ताको तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलका अनुसार सरकारले वार्ता र संवादका माध्यमबाटै उहाँका मागहरूको सम्मानजनक र सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको छ। शनिबार धनगढी पुग्नुभएका सचिव पौडेलले अस्पतालमै पुगेर डा. केसी र उहाँका सहयोगीहरूसँग अनौपचारिक संवाद गरी धारणा बुझ्नुभएको थियो। सोही संवादका आधारमा आइतबार औपचारिक वार्ता अघि बढाउन लागिएको हो। वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिवसमेत धनगढी पुगेर छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ। डा. केसी गत बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बस्नुभएको हो। उहाँले…
काठमाडौँ । निर्माण कार्य सुरु भएको सात वर्षपछि काठमाडौँ र धादिङ जोड्ने नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्नुभएको यो आयोजना तोकिएको ४२ महिनाको समयसीमाभन्दा ढिला गरी सम्पन्न भएको हो । कोरोना महामारी र जग्गाको मुआब्जा विवादका कारण निर्माण प्रक्रिया केही लम्बिन पुगेको थियो । आयोजनाअन्तर्गत २०८० साउन २२ गते २.५५७ किलोमिटर लम्बाइको आपत्कालीन (रेस्क्यु) सुरुङको ब्रेक थ्रु गरिएको थियो । त्यसको करिब १० महिनापछि २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २.६८ किलोमिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु गर्नुभएको थियो…
काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको बक्यौता रकम अविलम्ब उठाउन उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारलाई ताकेता गरेका छन् । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि ठूला उद्योगीहरूसँग लिनुपर्ने अर्बौँ रुपैयाँ महसुल असुलीमा उदासीनता देखाएको घिसिङको भनाइ छ । विगतमा लोडसेडिङको समयमा विशेष लाइनमार्फत बिजुली चलाएका र पहिलो किस्ता तिरिसकेका उद्योगीहरूबाट समेत बाँकी रकम उठाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले तदारुकता नदेखाएको उनले दाबी गरे । अहिलेको बलियो सरकारलाई कानुन कार्यान्वयन गर्न कुनै राजनीतिक बाधा नरहेको उल्लेख गर्दै घिसिङले पुनः प्रशासनिक पुनरावलोकनका नाममा महसुल असुली प्रक्रिया अलमल्याउन खोजिए त्यो कानुनी शासनको उपहास हुने चेतावनी दिएका…
काठमाडौँ । पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ। प्रतियोगितामा लगातार तीन हार व्यहोरेपछि गणितीय रूपमा सेमिफाइनल पुग्ने आशा जीवितै राख्न नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ। प्रतियोगितामा सुखद सुरुवात गर्न नसकेको नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ र दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो। यस्तै, तेस्रो खेलमा आयोजक पाकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । कप्तान हरिहजुर थापा र मुख्य प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा रहेको नेपाली टोलीले बंगलादेशपछि आफ्नो अन्तिम लिग खेल उज्वेकिस्तानसँग खेल्नेछ। ६ राष्ट्र सहभागी प्रतियोगितामा लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा…
दाङ । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुलाई अस्वस्थकर र बासी खाना बिक्री गर्दै आएको एक होटललाई प्रशासनले कारबाही गरेको छ । राप्ती गाउँपालिका–३ मसुरीयामा सञ्चालित पूर्वपश्चिम हाइवे होटलले पटक-पटक दिइएको सुधारको निर्देशनलाई बेवास्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रशासनको टोलीले रु. २५ हजार जरिवाना गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन तथा खाद्य प्रविधि कार्यालयका प्रमुख पदम बरालसहितको टोलीले उक्त होटलको अनुगमन गर्दा फ्रिजमा बासी खाना भण्डारण गरिएको, तरकारीमा हानिकारक कृत्रिम रङ मिसाइएको र भान्सा क्षेत्र अत्यन्तै दुर्गन्धित अवस्थामा भेटेको थियो । यसबाहेक होटलले मूल्यसूची समेत नराखेको र सरसफाइमा चरम लापरबाही गरेको पाइएपछि टोलीले तत्कालै…
सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ र यहाँ नेतृत्व फेरबदलको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि प्रदेशसभा सदस्यहरूलाई साउन १२ गते अपराह्न ५ बजेसम्मको समयसीमा दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै यो आह्वान गरिएको हो । कँडेलले शनिबार नै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए र त्यसपछि प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका थिए । कर्णालीमा नयाँ सरकारको नेतृत्वका लागि विभिन्न दलहरूबीच संवाद र…
काठमाडौँ । नेपालले खोपका लागि ग्लोबल अलायन्स (गाभी)लाई बुझाउनुपर्ने तीन लाख आठ हजार २७१ अमेरिकी डलर अब फिर्ता गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष पहलपछि उक्त रकम आगामी दिनमा नेपालले प्राप्त गर्ने ‘गाभी ६.०’ कार्यक्रमको बजेटबाटै समायोजन गरिने निर्णय भएको हो । विश्व स्वास्थ्य सभाका क्रममा मन्त्री मेहता र गाभी प्रतिनिधिबीच भएको छलफल तथा नेपाल सरकारले पठाएको औपचारिक प्रस्तावका आधारमा यो सहमति जुटेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । गाभीले पठाएको पत्र अनुसार यो निर्णय केवल एक पटकका लागि गरिएको विशेष व्यवस्था हो र यसलाई भविष्यका लागि नजिर मान्न सकिने छैन ।…
काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८ देखि २०३२ सम्मको पाँच वर्षका लागि नयाँ ‘संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा’ (यूएनएसडीसीएफ) तर्जुमा गर्ने कार्य औपचारिक रूपमा अघि बढाएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लीला पिटर्स याहियाको सह-अध्यक्षतामा शुक्रबार सम्पन्न यूएनएसडीसीएफ संयुक्त निर्देशक समितिको वार्षिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हाल सञ्चालनमा रहेको कार्यक्रमको उपलब्धि समीक्षा गर्नुका साथै आगामी १८ महिनाका प्राथमिकता र नयाँ सहकार्य रूपरेखा तयार गर्ने मार्गचित्र पारित गरेको छ । नेपालको १६औँ आवधिक योजना र अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिपछिको विकास रणनीतिसँग…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
