- ६ समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
- दलगत राजनीतिमा लाग्ने शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन
- आजको राशिफल: २०८३ असोज ६ गते मंगलबार (नेपाल सम्बत ११४६)
- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
Author: khaptadm-admin
काठमाडौँ । सनातन धर्मावलम्बीहरूले आजदेखि चार महिनासम्म चल्ने विशेष आराधना र उपवासको विधिवत् सुरुवात गरेका छन् । आषाढ शुक्ल एकादशीका दिन आज घरघरमा ज्येष्ठ शुक्ल एकादशीमा राखिएको तुलसीको दल (बिरुवा) मोठमा सारेर यो पर्व मनाइँदैछ । वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको रूपमा पूजिने हुनाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म यसको विशेष हेरचाह र पूजा आराधना गर्ने गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास गरिने हुनाले यस दिनलाई हरिशयनी एकादशी र यो चार महिनाको अवधिमा गरिने धार्मिकविधिलाई चतुर्मासा भनिन्छ…
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका आवेदनहरूमध्ये १३ जना उम्मेदवारको आवेदन स्वीकृत भएको छ । पदपूर्ति सिफारिस समितिले असार ३ गते प्रकाशित सूचना अनुसार परेका निवेदनहरूको छानबिन गर्दा आवश्यक योग्यता तथा मापदण्ड पुगेका १३ जनाको नामावली स्वीकृत गरेको हो । स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन् ।
काठमाडौँ । रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहार तथा दुर्व्यवहारको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ । साउन ७ गते स्थानीय जनतासँगको छलफल सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गैरराजनीतिक ढङ्गले आक्रमण गरिएको हो । उक्त आपराधिक कदमको घोर भर्त्सना गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्नुभएको छ । लोकतन्त्रमा नीतिगत वा वैचारिक असहमति पोख्ने थुप्रै बाटोहरू भए पनि जनप्रतिनिधिमाथि भौतिक दुर्व्यवहार र अपमान गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । रास्वपाले यस्ता अलोकतान्त्रिक गतिविधिले मुलुकको विधिको शासन, शान्तिपूर्ण राजनीतिक थिति र सभ्य…
काठमाडौँ । प्रदेशस्तरमा मिलेर सरकार निर्माण गर्ने समझदारी गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्व भागबण्डाको अन्तिम खाका तयार पार्न निर्णायक छलफलमा जुट्दै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँट र साझेदारीको लिखित मोडालिटी बनाउन वार्ता हुन लागेको हो । पूर्वसहमति अनुसार शुक्रबार नै तय भएको बैठक पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका कारण पछाडि धकेलिएको थियो । बागमती प्रदेशका नेकपा अध्यक्ष सरल सहयात्री र एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै दलका प्रमुख नेताहरू दिनहुँजसो संवादमा रहेकाले एक-दुई दिनभित्रै मन्त्रालय र सरकार गठनसम्बन्धी समझदारीले अन्तिम रूप…
काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । दिव्यदेव पन्त, झरना थापा र सुहाना थापालगायतका कलाकारहरूको मुख्य अभिनय रहेको यो चलचित्र आगामी भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक टिजरमा एउटा सुन्दर र हँसिलाे परिवार अचानक घटेको महाविपत्तिका कारण कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा प्रस्तुत गरिएको छ । रगतले लत्पतिएका मुख्य पात्र दिव्यदेवको दृश्यबाट सुरु हुने टिजरमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई जीवन्त रूपमा देखाउने प्रयास गरिएको छ । संगीतकार हरि लम्सालको लेखन तथा पहिलो निर्देशन रहेको…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज केही प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थान वरपर अवस्थित छ । यसकै असरले देशभर आंशिकदेखि साधारणतया बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली भू-भागका केही स्थान र…
काठमाडौँ । इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोली पराजित हुने क्रम रोकिएको छैन । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा स्तब्ध बनेको हो । पाकिस्तानको घरेलु मैदानमा भएको एकपक्षीय खेलमा नेपाल २५–१४, २५–१८ र २५–१० को फराकिलो अन्तरले पराजित भयो । यस हारसँगै प्रतियोगितामा नेपालले लगातार तेस्रो व्यथा व्यहोर्नुपरेको छ । यसअघि खेलिएका दुवै रोमाञ्चक प्रतिस्पर्धामा नेपाल श्रीलंका र काजकिस्तानसँग समान ३–२ को सेटमा पराजित भएको थियो ।
काठमाडौँ । नयाँ आर्थिक वर्षका बजेट लक्ष्य हासिल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूबीच रणनीतिगत संवाद भएको छ । मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालय मातहत रहेका कानुनी एवम् नीतिगत सुधारका कार्यहरू पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै तीव्र गतिमा अघि बढाइने प्रतिबद्धता जनाएकी छन् । बजेटमा उद्योग मन्त्रालयसँग जोडिएका आठ वटा मुख्य सुधारका योजना समेटिएको जानकारी गराउँदै उनले केही प्रक्रियागत चरणमा प्रवेश गरिसकेको र बाँकी योजनाहरू पनि क्रमशः कार्यान्वयनमा लगिने स्पष्ट पारिन् । योजनाहरूलाई नतिजामुखी बनाउन अर्थ मन्त्रालयको प्राविधिक साथ र अन्तर-मन्त्रालय समन्वय अत्यावश्यक रहेको उल्लेख गर्दै उनले आफ्ना जिम्मेवारीहरू समयमै पूरा गर्न निरन्तर सहकार्य रहने बताइन् ।…
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित अख्तियार अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि आवश्यक पर्ने वडाको सिफारिस दिन सेवाग्राहीसँग दु:ख हैरानी दिँदै घुस मागेको विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक मार्गदर्शन जारी गरेको छ । राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोग गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउने उद्देश्यले पार्टीले नयाँ मापदण्ड तोकेको हो । मन्त्रिपरिषद्ले हालै गरेको निर्णयअनुसार सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर रास्वपाले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ । अब रास्वपा सांसदहरूले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन् । स्वकीय सचिवका लागि स्नातक तह…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
