Author: khaptadm-admin

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुन कीर्तिपुर पुग्दा युवाहरूको समूहले विरोध प्रदर्शन गरेको छ । विश्वविद्यालय परिसरमा भेला भएका युवाहरूले ‘नेपो बेबी’ भन्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनकारीहरूले विश्वविद्यालयहरूमा हुँदै आएको राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने र योग्यताका आधारमा अवसर प्रदान गरिने प्रणाली (मेरिटोक्रेसी) लागू हुनुपर्ने माग अघि सारेका छन् । साथै, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने मौजुदा कानुनी व्यवस्थालाई खारेज गर्नुपर्ने उनीहरूको अडान छ । ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई स्थिति नियन्त्रणमा लिन प्रहरीले पक्राउ गरेको छ ।

Read More

काठमाडौँ । पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका सबै वामपन्थी तथा लोकतान्त्रिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपाका संयोजक समेत रहेका प्रचण्डले बिहीबार कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा एमालेसहितका वामपन्थी शक्तिहरूसँग सहकार्यका लागि आफूले पहल गरिरहेको स्पष्ट पारे । चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ४८औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले पछिल्लो समय जनताको बलिदानी र संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि चौतर्फी प्रहार भइरहेको दाबी गरे । देशलाई अराजकता र निरङ्कुशतातर्फ धकेल्ने प्रयासहरू भइरहेको भन्दै प्रचण्डले यस्ता कदम रोक्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुको विकल्प नरहेको बताए । राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकारहरू संकटमा परेकाले फेरि एकपटक…

Read More

काठमाडौँ । शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले आज सरोकारवालासँग छलफल आयोजना गर्दैछ । गभर्नमेन्ट प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको मुख्य उपस्थितिमा हुने उक्त भेटघाटमा परामर्श व्यवसायसँग जोडिएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सम्मिलित हुने मन्त्रालयले जनाएको छ । बैठकमा कन्सल्टेन्सी सञ्चालकहरूले भोग्दै आएका विद्यमान समस्या, चुनौती, गुणस्तरीय सेवाको प्रवर्द्धनका साथै नियामकीय प्रणालीमा गर्नुपर्ने सुधारबारे विस्तृत रूपमा विचार–विमर्श गरिनेछ । छलफल कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), फेकन, एइक्यान, एरी, जालसान, नायर, नेका, एक्यान, नेवा र नेक्सालगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । मन्त्रालयका अनुसार सो अवसरमा ‘शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी…

Read More

काठमाडौँ । निर्माणका विभिन्न चरणमा रहेका तर तोकिएको समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले राहत दिने तयारी गरेका छन् । व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रियालाई व्यवस्थित बनाउन प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डसहित चार समूहमा वर्गीकरण नीति ल्याएको छ । असार ३२ गतेको प्राधिकरण सञ्चालक समिति बैठकले भौतिक प्रगति र सम्झौताका दायित्वका आधारमा आयोजनाहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा विभाजन गर्ने निर्णय गरेको थियो । यसै निर्णयअनुसार पहिलो चरणमा ‘क’ र ‘ख’ वर्गका आयोजनाको आरसीओडी म्याद थप्ने काम सुरु भइसकेको छ । हाल निर्माणका विभिन्न चरणमा रहेका कुल…

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) लगायतका विभिन्न वामपन्थी तथा कम्युनिस्ट घटकहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा, विचार गोष्ठी एवं स्मृति कार्यक्रमहरू तय गरेका छन्। वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल सहिद गंगालाल श्रेष्ठका भाइ हुन्। राणाशाही विरुद्धको संघर्षका क्रममा भारतमा निर्वासनमा रहँदा नै उनले नेपालमा वामपन्थी राजनीतिको जग बसालेका थिए। मार्क्सवादी विचारधारालाई नेपाली भूमिमा स्थापित गर्न ठूलो योगदान दिएका पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित ऐतिहासिक ‘कम्युनिस्ट…

Read More

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ । सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका नेपाल र नेदरल्यान्ड्सबीचको यो भिडन्त नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ। यसअघि खेलिएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने नेदरल्यान्ड्सका लागि यो सिरिजको पहिलो खेल हो। हालसम्म यी दुई टोलीबीच भएका ५ एकदिवसीय खेलमध्ये नेदरल्यान्ड्सले ३ खेलमा जित निकालेको छ भने नेपालले २ खेल आफ्नो पक्षमा पारेको छ। दुवै देशबीच पछिल्लो पटक सन् २०२५ जुनमा भेट भएको थियो, जहाँ नेपाल १६ रनले विजयी बनेको थियो। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा…

Read More

काठमाडौँ । देशको स्वास्थ्य प्रणालीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको पहुँच बढाउनका लागि नयाँ रणनीति अपनाइने भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित उच्चस्तरीय बैठकमा यस क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनबारे गहन मन्थन भएको हो । बैठकमा आयुर्वेद सेवालाई अझ प्रभावकारी बनाउँदै आम नागरिकको पहुँचमा पुर्‍याउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय आयुर्वेदिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा विशेष जोड दिइयो । सो अवसरमा मन्त्री मेहताले आयुर्वेद र वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा परेको स्पष्ट पार्नुभयो । नेपाल आयुर्वेदको ऐतिहासिक उद्गमस्थल भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै स्वास्थ्य पर्यटनसँग…

Read More

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ । यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरिएको छ । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न सरकारले २०८५ साल भदौ मसान्तसम्मका लागि ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने स्वीकृति दिएको छ । मिटरब्याज पीडितहरूसँग…

Read More

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडको सेवा प्रवाह र उत्पादन क्षमता वृद्धि गर्न सरकारले पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले बबरमहलस्थित लिमिटेडको कार्यालयमै पुगेर त्यहाँको वस्तुस्थिति, उत्पादन क्षमता र भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको हो । मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित उच्च अधिकारीहरू सहभागी अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको तर ढुवानीका साधन नहुँदा वितरणमा समस्या परेको बताउनुभयो । विगतको आन्दोलनका क्रममा ढुवानीका साधन जलेपछि नयाँ व्यवस्था हुन नसकेको विषय थाहा पाएलगत्तै मन्त्री यादवले सचिवलाई तत्काल सवारीसाधनको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । वर्षौंदेखि घाटामा रहेको यो…

Read More

काठमाडौँ । मन्त्रालय र मातहतका सम्पूर्ण निकायमा नतिजामुखी कार्यसंस्कृति बसाल्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कडा निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकलाई सम्बोधन गर्दै उनले प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट चुस्त रूपमा कार्यान्वयन गर्न ताकेता गरेका हुन् । सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन मन्त्री तिमिल्सिनाले समयसीमासहितको नयाँ व्यवस्था लागू गर्न भनेका छन्। अब मन्त्रालयस्तरबाटै टुङ्गिने फाइल एकै दिनमा र अन्य निकायसँग समन्वय गर्नुपर्ने फाइल बढीमा पाँच दिनभित्र निर्णयमा पुर्‍याउनुपर्नेछ। राम्रो काम गर्नेलाई प्रोत्साहन र काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने परिपाटी बसाल्नुपर्नेमा उनले जोड दिए। कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रत्येक शाखाले बिहान…

Read More