- ६ समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
- दलगत राजनीतिमा लाग्ने शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन
- आजको राशिफल: २०८३ असोज ६ गते मंगलबार (नेपाल सम्बत ११४६)
- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
Author: khaptadm-admin
काठमाडौँ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बहानामा रकम असुली गर्नेहरूलाई भूमि समस्या समाधान समितिले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ । स्थानीय तहमार्फत निःशुल्क रूपमा निस्सा वितरण भइरहेको अवस्थामा केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै रकम असुलेको गुनासो आएपछि समितिले यस्तो ध्यानाकर्षण गराएको हो । हाल देशभरबाट संकलित निवेदनका आधारमा जग्गाको विवरण सूचना प्रणालीमा दर्ता गर्ने र निःशुल्क निस्सा बाँड्ने काम सम्बन्धित स्थानीय तहबाटै भइरहेको छ । निवेदकको पहिचान, प्रमाणीकरण र जग्गाको छनोट गर्ने पूर्ण जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ । यस प्रक्रियालाई थप व्यवस्थित बनाउन प्रमुख जिल्ला…
काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विशेषगरी संवैधानिक आयोगको प्रतिवेदन र भूमिहीन सुकुम्बासीको समस्या समाधानसँग सम्बन्धित विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०८१/०८२)’ पेस गर्ने कार्यक्रम रहेको छ । यसैगरी, सांसद भिष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।…
काठमाडौँ । नयाँ कानुन निर्माण तथा सामयिक विषयमा छलफल चलाउनका लागि आज संघीय संसदका विभिन्न पाँचवटा समितिको बैठक एकैसाथ आयोजना गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतका चार र राष्ट्रिय सभाअन्तर्गतको एक समितिले विभिन्न विधेयक तथा समसामयिक एजेन्डामाथि बहस गर्न लागेका हुन् । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ । सोही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का विषयमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग सैद्धान्तिक छलफल गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, बिहान १० बजे नै बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा…
काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक सरेकाले मौसममा बदली भई वर्षाको प्रभाव बढेको हो । हाल देशैभर साधारणतया बादल लागेको छ भने कोशी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बागमती, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात वा वर्षाको सम्भावना छ । यसैगरी पहाडी तथा तराईका धेरैजसो भू-भागमा चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । विशेष गरी कोशी, बागमती र गण्डकीका हिमाली…
काठमाडौँ । मुलुकभरका स्वास्थ्य संस्थाबाट प्रदान गरिने १० प्रतिशत निःशुल्क उपचार सुविधालाई पारदर्शी र प्रभावकारी बनाउन सरकारले विशेष पहल थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सेवाप्रदायक अस्पतालहरू र तिनका जिम्मेवार सम्पर्क अधिकारीहरूको नाम तथा फोन नम्बर सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको हो । विभिन्न अस्पतालमा आरक्षित शय्या तथा उपचार सुविधा पाउन नसकेको गुनासो आएपछि मन्त्रालयले समन्वयका लागि फोकल पर्सन तोकेको हो । यस सूचीमा केन्द्रीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी क्षेत्रका अस्पतालहरू समेटिएका छन् । उपचारका क्रममा कुनै समस्या उत्पन्न भएमा वा सेवा प्राप्त गर्न कठिनाइ भएमा बिरामी तथा तिनका आफन्तले सम्बन्धित अधिकारीलाई…
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभबिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक संवाद भएको छ । सोमबार भएको उक्त भेटघाटमा नेपाल र मंगोलियाको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । मन्त्रालयका अनुसार दुई देशबिच विशेष गरी खेलकुदका माध्यमबाट सहकार्य बढाउने र अन्य सम्भावित क्षेत्रहरूमा पनि एकअर्कालाई सहयोग गर्ने विषयमा गहन छलफल भएको छ । भेटका क्रममा दुवै पक्षले आगामी दिनमा आपसी हितका क्षेत्रहरू पहिचान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ललितपुर । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित सङ्गम फूड प्रोडक्ट्समा भीषण आगलागी भएको छ । बिद्युत सट सर्किट भई अचानक सल्केको आगोका कारण उद्योग परिसरमा बाक्लो धुवाँको तुवाँलो फैलिएको थियो । घटनालगत्तै ललितपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयबासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागी भएलगत्तै उद्योगभित्र रहेका खाद्यान्न तथा अन्य सामानहरू सुरक्षित स्थानमा सार्न टोली खटिएको थियो । आगो निभाउनका लागि दमकलका साथै सुरक्षाकर्मीहरू भर्याङ र हतियार प्रयोग गरी उद्धार कार्यमा जुटिरहेका छन् । आगलागीबाट भएको क्षति र थप विवरण आउन बाँकी छ । फोटो: टेरेन्स महतो
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र लेदो खस्दा सवारी साधनको आवतजावत प्रभावित भएको छ । लगातार परिरहेको पानीका कारण सडकमा माथिबाट ढुंगा र लेदो खसेपछि हाल यो सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै ठूला ढुंगा खसेका छन् भने सिमलताल आसपासको क्षेत्रमा लेदो थुप्रिएको छ । पहिरो र लेदो हटाएर सडकलाई पूर्ण रूपमा सुचारु गराउनका लागि डोजर लगायतका उपकरणहरू परिचालन भइसकेका छन् । थप पहिरो नझरेमा करिब एक घण्टाभित्रै दुवैतर्फी यातायात खुलाउने तयारी भइरहेको छ । वर्षा कायमै रहेकाले सो क्षेत्रमा पहिरोको जोखिम अझै…
जनकपुरधाम । धनुषाको शान्ति सुरक्षा स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा फिर्ता लिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाका सम्पूर्ण क्षेत्रबाट निषेधाज्ञा हटाइएको हो । आन्दोलनरत पक्षले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएको र सर्वसाधारणको दैनिकी सहज बन्दै गएकाले यो निर्णय लिइएको प्रशासनले जनाएको छ ।
काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा बैठक आज अपराह्नका लागि आह्वान गरिएको छ । संसद् सचिवालयका अनुसार आज दिउँसो १:१५ बजे बस्ने बैठकका लागि मुख्य दुईवटा कार्यसूची तय गरिएका छन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसका साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८३’ सभा समक्ष पेश गर्ने कार्यसूची समेत निर्धारण गरिएको छ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
