- ६ समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
- दलगत राजनीतिमा लाग्ने शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन
- आजको राशिफल: २०८३ असोज ६ गते मंगलबार (नेपाल सम्बत ११४६)
- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
Author: khaptadm-admin
काठमाडौँ । रोल्पा र त्यस आसपासका क्षेत्रमा मिर्मिरे बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको इरीवाङलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको कम्पन रोल्पाका विभिन्न स्थानका साथै छिमेकी जिल्लाहरूमा समेत महसुस भएको थियो । भूकम्पबाट हालसम्म कुनै भौतिक तथा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
काठमाडौँ । इन्धनको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भइरहेको जनाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । सोमबारदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको हो । नयाँ मूल्य समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै काठमाडौँ उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेल तीनै वटा इन्धनको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ । पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई…
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक आइपुगेकाले मौसम प्रभावित बनेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिनभर देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा वर्षा भइरहेको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको आकलन गरिएको छ । बागमती र गण्डकीका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी,…
काठमाडौँ । सत्तासाझेदार नेपाली कांग्रेसले आफ्ना शीर्ष नेतृत्व तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि ताकेता गर्दै साउन २४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बीपी नगर, ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा उक्त बैठक आइतबार दिउँसो १ बजे शुरू हुनेछ । पार्टीको आगामी रणनीति तथा आन्तरिक विषयमा छलफल गर्न आयोजना गरिएको यस बैठकमा पदाधिकारी र सदस्यहरू सबैको अनिवार्य सहभागिता हुनुपर्ने जानकारी गराइएको छ ।
दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–४ स्थित गोपीनालामा एक भारतीय कार दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन् । भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपी–४४ एएस–८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमेर सडकबाट करिब पाँच फिट तल खसेको थियो । सडकबाट खसेपछि कार करिब ५० मिटर घिस्रिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर कार चालक भारत सिद्धार्थनगर नगरपालिका–६ का २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख र ३२ वर्षीय सनि कुमार घाइते भएका छन् । घाइते सबैलाई तत्कालै उपचारका लागि सिसहनियास्थित राप्ती आधारभूत अस्पताल पठाइएको छ । घटनाको कारणबारे…
काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परेर ज्यान गुमाएका चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव भेटिएको छ । पाकिस्तान अल्पाइन क्लब (एसीपी) का अनुसार ब्रोड पिकको करिब ५,७०० मिटर उचाइमा उद्धार टोलीले निम्सदाइको शव फेला पारेको हो । सोही स्थानमा अन्य तीन जना आरोहीको शव पनि भेटिएको एसीपीले पुष्टि गरेको छ । उद्धार टोलीले फेला परेका शवहरूलाई जापानी क्याम्पतर्फ ल्याउने कार्य जारी राखेको छ । यद्यपि, निम्सदाइबाहेक अन्य तीन वटा शवको भने अझै पहिचान हुन सकेको छैन । गत बिहीबार बिहान ब्रोड पिकमा गएको हिमपहिरोमा ६ जना नेपाली आरोहीसहित १० जनाको टोली बेपत्ता भएको थियो…
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं १ स्थित किष्ट अस्पताल नजिकै रहेको विद्युतीय पोलको तारमा आज अचानक आगलागी भएको छ । पोलमा अव्यवस्थित रूपमा जेलिएका विद्युत्, टेलिफोन तथा विभिन्न इन्टरनेट सेवा प्रदायकका तारहरूमा आगो सल्किँदा सो क्षेत्रमा केही बेर त्रास फैलिएको थियो । आगलागी लगत्तै खटिएका दमकलकर्मी, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । समयमै आगो नियन्त्रणमा आएकाले नजिकै रहेका घर, पसल तथा अस्पताल क्षेत्रमा थप क्षति हुन पाएको छैन । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । फोटो: टेरेन्स महतो
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज तथा बोदेबरसाइन क्षेत्रमा लागू गरिएको कर्फ्यु हटाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आइतबार आयोजना गरिएको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निष्कर्ष निकालेको हो । कर्फ्यु हटाइए पनि प्रशासनले मानिसहरूको आवतजावत र भेलालाई नियन्त्रण गर्न ती क्षेत्रहरूमा निषेधाज्ञा भने जारी राखेको छ । नयाँ व्यवस्थाअनुसार अब ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन, कुनै पनि किसिमको सभा, जुलुस, धर्ना वा प्रदर्शन गर्न पाइने छैन । प्रशासनले राजबिराज नगरपालिका अन्तर्गत पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसविट्टी र दक्षिणमा विष्णुपुर गाउँपालिकातर्फ पर्ने कोसी…
काठमाडौँ । पाकिस्तानस्थित विश्वको बाह्रौँ अग्लो हिमाल ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव रहेको स्थानसम्म उद्धारकर्ताहरू अझै पुग्न नसकेको खबर छ । अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार आइतबार बिहानैदेखि १० जना विशेषज्ञ सम्मिलित टोली खटाइएको भए पनि भौगोलिक जटिलताका कारण उद्धार कार्यमा बाधा पुगिरहेको छ । ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा केही शवहरूको स्थिति पत्ता लागेको भए पनि उक्त क्षेत्र पुनः हिमपहिरो खस्ने उच्च जोखिममा रहेकाले उद्धार टोली अघि बढ्न नसकेको हो । एसीपीका अनुसार हालसम्म तीन जना आरोहीको मात्र शव सङ्कलन गरी सुरक्षित स्थानमा ल्याउन सकिएको छ । उक्त दुर्घटनामा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका…
काठमाडौँ । सुनसरी जिल्लामा शान्ति सुरक्षाको स्थितिमा सुधार आएसँगै जिल्ला प्रशासन कार्यालयले अधिकांश स्थानमा लगाइएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सूचना जारी गर्दै साउन १७ गते बिहान ९:३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार वटा स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहने जानकारी दिएका हुन्। प्रशासनका अनुसार देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा भने निषेधाज्ञा जारी नै रहनेछ। यी चार पालिकाबाहेक सुनसरीका अन्य सबै भागबाट भने निषेधाज्ञा हटाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्लाको समग्र सुरक्षा अवस्थाको विश्लेषण गरेर उक्त निर्णय लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
