Author: khaptadm-admin

काठमाडौँ । नेपाल बाल संगठनमा रहेका २० जना बालबालिकालाई सरकारले सुरक्षित स्थानमा सारेको छ । बालगृहभित्रको अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको भिडियो सामग्री र उजुरी फेला परेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको उद्धार गरेको हो । मन्त्रालय र बाल हेल्पलाइन (१०४) को संयुक्त टोलीले सो बालगृहमा पुगेर आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहभित्र न्यूनतम सरसफाइ समेत नभएको, शौचालय र बाथरुमहरू अत्यधिक फोहोर तथा चिप्लो रहेको र भवनभित्रै पानी जमेको फेला परेको थियो । फरक-फरक उमेर समूहका बालबालिकालाई एउटै ठाउँमा कोचाकोच गरेर राखिएकाले उनीहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने मन्त्रालयको ठहर…

Read More

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै आइतबार बिहान भएको त्रिपक्षीय सवारी दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ । दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ प्रस्थान गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस र विपरीत दिशा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस एकापसमा जुधेका थिए । सोही क्रममा सर्लाहीतर्फबाटै आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकसमेत बससँग ठोक्किन पुगेको थियो । दुर्घटनाका तत्कालै उद्धार गरिएका सबै ३३ जना घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ । जसमध्ये २४ जनाको नयाँ मेडिकल कलेज र ९…

Read More

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको…

Read More

काठमाडौँ । २४ घण्टाको अवधिमा देशका फरक-फरक सडक खण्डमा भएका दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार यी दुर्घटनाहरूमा अन्य १२३ जना घाइते भएका छन् । सडक दुर्घटनाका कारण गण्डकी प्रदेशमा दुई जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक-एक जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूको संख्या काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । लुम्बिनीमा ३५ जना र काठमाडौँ उपत्यकामा ३४ जना घाइते भएका छन् । यसैगरी मधेश प्रदेशमा २३ जना, कोशीमा २१ जना, बागमतीमा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन राजनीतिक दल मिलेर प्रदेशहरूमा संयुक्त सरकार गठन नगर्ने अडान राखेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर प्रदेश सरकार बनाउनुपर्ने सुझावहरू आइरहेका बेला उनले यस्तो सम्भावनालाई अस्वीकार गरेका हुन् । आइतबार ललितपुरको बाडेगाउँमा आयोजित कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले प्रमुख तीन दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने तर्क गरे । विगतमा एउटा दलसँग चुनावी तालमेल गरेर अर्कैसँग मिलेर सत्ता सञ्चालन गर्दा कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको भन्दै उनले अब त्यस्तो गल्ती नदोहोर्‍याउने स्पष्ट पारे । चुनावी परिणाम जे जस्तो आए पनि प्रदेश…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा अति भारी वर्षाको प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल नेपालभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले देशभरकै मौसम प्रभावित भएको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि अर्थात् नेपालको तराई भू-भाग आसपास अवस्थित छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपासमा रहेको छ । यस मौसमी प्रणालीका कारण अहिले देशभर अधिकांश बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।…

Read More

काठमाडौँ । वर्तमान सरकारले आम नागरिक र उद्योगी व्यवसायीमा भरोसा जगाउन नसकेका कारण देशमा नैराश्यता छाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष घिसिङले यही निराशाका कारण व्यापारी र युवाहरूले आत्मदाह गर्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसमा सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको बहुमत पाएको सरकारले जनताको आशालाई निराशामा बदलिरहे देश पुनः द्वन्द्वतर्फ धकेलिने खतरा उनले औँल्याए । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने चाहे पनि अहिलेसम्मको कार्यशैलीले त्यस्तो सङ्केत नदेखाएको उनको तर्क…

Read More

काठमाडौँ । देशका विभिन्न अस्पतालहरूमा कार्यरत प्रशिक्षार्थी, आवासीय चिकित्सक र मेडिकल अधिकृतहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूमाथि लामो समयदेखि श्रम शोषण भइरहेको आरोप लगाउँदै उनीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ गठन गरेर आफ्ना मागहरू अघि सारेका छन् । नेपालको श्रम ऐन, २०७४ अनुसार कामको समय तय गरिनुपर्ने उनीहरूको मुख्य माग छ । ऐनले तोकेबमोजिम दैनिक बढीमा १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काममा खटाउन नपाइने तथा हप्ताको एक दिन अनिवार्य बिदा पाउनुपर्ने व्यवस्था लागू गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् । अस्पतालहरूले तोकिएको समयभन्दा…

Read More

काठमाडौँ । फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीच भिडन्त हुँदैछ । उपाधि जित्ने योजना अधुरै रहेपछि यी दुवै टोली सान्त्वना स्थानका लागि मैदान उत्रन लागेका हुन् । मियामी स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार भोलि बिहान २: ४५ बजे सुरु हुनेछ । आफ्ना खेलाडी र विपक्षी टोली दुवै यो खेल खेल्न इच्छुक नरहेको इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले बताएका छन् । सबैको मुख्य उद्देश्य फाइनल खेल्नु भए पनि परिस्थिति अनुसार तेस्रो स्थानका लागि खेल्नुपरेको उनले स्वीकार गरे । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले भने निराशाका बीच पनि तेस्रो स्थान हात पार्न कडा मिहिनेत गर्ने स्पष्ट पारेका छन्…

Read More

काठमाडौँ । सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ता भित्र्याउन नेपाल धितोपत्र बोर्डले सक्रियता देखाएको छ । बोर्डले बिहीबार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र नेपाल बीमा प्राधिकरणका उच्च अधिकारीहरूसँग यस विषयमा विशेष छलफल गर्‍यो । अन्तर्राष्ट्रिय बजारहरूमा संस्थागत लगानीकर्ताको ठूलो हिस्सा हुने भएकाले त्यहाँको बजार बलियो, सन्तुलित र जिम्मेवार हुने बोर्डको भनाइ छ । नेपालमा सर्वसाधारण लगानीकर्ताको संख्या निकै बढे पनि संस्थागत रूपमा हुने लगानी अझै कमजोर रहेकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसलाई मुख्य प्राथमिकतामा राखिएको बोर्डले स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको नेतृत्वमा भएको उक्त बैठकमा सहभागी संस्थाहरूले…

Read More