- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको विशेष भेटघाटका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका समस्या समाधान गर्न सरकार सधैँ सक्रिय रहने स्पष्ट पार्दै उनीहरूद्वारा उत्पादित सामग्रीहरूलाई पर्यटकीय क्षेत्रहरूमा बजारीकरण र प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिए । छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण गर्न, स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्न तथा विभिन्न व्यापार मेला, प्रदर्शनी र निर्यात प्रवद्र्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागिता गराउन…
काठमाडौँ । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्था पुनः ब्युँताएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सरकारले संघीय संसद्का सदस्यहरूलाई यो सुविधा दिने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गतेको निर्णयमार्फत सांसदहरूले पाइरहेको स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर यो व्यवस्था पुनः लागू गरेको जानकारी मन्त्री गौतमले दिएकी छन् । यो कदमसँगै अब प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ जना सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो…
काठमाडौँ । राइड–सेयरिङ सेवालाई करको दायरामा ल्याउन सरकारले नयाँ नियम लागू गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ को व्यवस्था अनुसार पठाओ र इनड्राइभ जस्ता प्लेटफर्ममा काम गर्ने राइडरहरूले ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । अबदेखि यस्ता कम्पनीहरूले आफ्ना राइडरहरूबाट सेवा उपलब्ध गराएका बखत नै ५ प्रतिशतका दरले कर संकलन गर्नुपर्ने विभागले जनाएको छ । यसअघि राइड–सेयरिङ क्षेत्रको कर प्रणाली स्पष्ट नभएकाले सरकारले कार्यविधिलाई सरल र पारदर्शी बनाउन नयाँ निर्देशिका जारी गरेको हो । नयाँ नियम अनुसार प्लेटफर्महरूले राइडरबाट संकलन गरेको कर र त्यसको विस्तृत विवरण महिना सकिएको २५ दिनभित्र सम्बन्धित…
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको उपस्थिति कमजोर रहेका जिल्लाहरूमा संगठन विस्तार र समन्वयलाई तीव्र पार्न आफ्ना सांसदहरूलाई अतिरिक्त जिल्लाको जिम्मेवारी सुम्पेको छ । संसदीय दलको बुधबार सम्पन्न बैठकले हरेक सांसदलाई आफ्नो निर्वाचन क्षेत्र वा जिल्लाका अलावा कम्तीमा एक वा सोभन्दा बढी जिल्ला हेर्ने गरी विशेष कार्यदेशसहित कार्यविभाजन गरेको जानकारी प्रमुख सचेतक बासना थापाले दिएकी छन् । यस निर्णयअनुसार सांसद नरेन्द्रकुमार केरुङलाई उदयपुर र गोरखा, गीताकुमारी सेन्दाङलाई ओखलढुङ्गा, निश्कल राईलाई स्याङ्जा, सन्तोष सुब्बालाई धनकुटा, प्रकाशसिंह कार्कीलाई सङ्खुवासभा, गीता गुरुङलाई खोटाङ, डा. प्रमिलाकुमारी गच्छदारलाई सुनसरी, रुक्मिणीदेवी कोइरालालाई भोजपुर, मनमाया विश्वकर्मालाई नवलपरासी तथा सुशीला ढकाल आचार्यलाई ललितपुरको जिम्मा दिइएको छ । त्यसैगरी, रीना…
काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतिताला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार बजारमा सुन प्रतिताला २ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी , बहुमूल्य धातु चाँदीको मूल्यमा भने आज गिरावट दर्ता भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले ओरालो लागेर प्रतिताला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार चाँदीको बजार मूल्य प्रतिताला ४ हजार…
काठमाडौँ । मुलुकभर मनसुनी प्रणाली बलियो बन्दै गएकाले बिहीबार देशका धेरैजसो भूभागमा पानी पर्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले देशभर यसको प्रत्यक्ष असर परेको हो । अहिले पनि देशभरिकै मौसम साधारणदेखि पूर्ण रूपमा बदलिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । तराई क्षेत्रका पनि विभिन्न स्थानमा चट्याङसहित वर्षाको आकलन गरिएको छ ।…
काठमाडौँ । माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर आन्दोलन गरिरहेका किसान समूहसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कुराकानी गरेकी छन् । बुधबार काठमाडौँको सडकमा प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिहरूलाई मन्त्री चौधरीले मन्त्रालयमै बोलाएर उनीहरूका समस्या र मागका विषयमा छलफल गरेकी हुन् । छलफलका क्रममा मन्त्री चौधरीले किसानहरूलाई आफ्ना उत्पादन बिक्री गर्न कालीमाटी बजारमै आइरहनु नपर्ने भन्दै नजिकका स्थानीय हाटबजारहरू प्रयोग गर्न आग्रह गरिन् । किसानले भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर व्यवहारिक समाधान खोजिने आश्वासन उनले दिइन् । कृषि क्षेत्रको दीर्घकालीन सुधार, उचित मूल्य निर्धारण, उत्पादन तथा बजार व्यवस्थापनका लागि सरकार सधैँ किसानसँग संवाद र…
काठमाडौँ । स्वदेशी कृषि उपजले उचित मूल्य र बजार नपाएको भन्दै आक्रोशित किसानहरूले बुधबार माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका छन् । विदेशी आयातका कारण स्थानीय उत्पादन बजारमा बिक्न छाडेपछि काठमाडौँ उपत्यकाका किसानहरूले सरकारको नीतिको विरोधमा यो कदम चालेका हुन् । प्रदर्शनकारी किसानहरूका अनुसार बजारमा टमाटर बिक्री नहुँदा लगानीसमेत उठ्न सकेको छैन । सरकारले कृषि क्षेत्र र किसानका समस्यालाई बेवास्ता गरेको उनीहरूको आरोप छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुको साटो आयातमुखी नीतिलाई प्रश्रय दिइएकाले नेपाली कृषि क्षेत्र संकटमा परेको भन्दै उनीहरूले तत्काल कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । यसका साथै मल र बीउ सहज…
काठमाडौँ । चीनमा आयोजना हुन लागेको ट्रान्स हिमालय मञ्चको बैठकमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा रहेको ५ सदस्यीय टोली बुधबार बिहान चीनतर्फ प्रस्थान गरेको हो । उपसभामुख रुवी कुमारी सिचुवान वायुसेवाको उडानमार्फत चीनको निङ्ची सहरका लागि प्रस्थान गरेकी हुन् । उक्त नेपाली प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर कार्यक्रमकर्ता अनिशा ढकाल सहभागी छन् । अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्च आजदेखि साउन १ गते (जुलाई १५ देखि १७) सम्म चल्नेछ । यस मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व…
काठमाडौँ । पाठेघरको मुख र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले चलाएको स्वास्थ्य शिविरबाट थुप्रै महिला लाभान्वित भएका छन् । महानगरले वीर अस्पतालसँग मिलेर गरेको परीक्षणमा सहभागी २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण फेला परेको छ । स्वास्थ्य विभागका अनुसार तीमध्ये १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रजातिको एचपीभी संक्रमण पुष्टि भएको हो । चिकित्सकहरूका अनुसार यो संक्रमण देखिँदैमा क्यान्सर भइसकेको भने होइन, तर यसले भविष्यमा क्यान्सर हुन सक्ने जोखिमलाई बुझाउँछ । गत चैत १६ देखि वैशाख २१ सम्म चलेको यस अभियानमा नाम लेखाएका ३ हजार ४९४ महिलामध्ये २…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
