Author: khaptadm-admin

काठमाडौँ । नयाँ करका दर समायोजन र प्रणाली सुधारका लागि यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेसम्म कार्यालय नआउन अनुरोध गरेको छ । विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक परेको अवस्थामा बाहेक अन्य सेवा लिनका लागि केही दिन पर्खन आग्रह गरेको हो । यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रविधि तथा प्रणालीहरूलाई थप सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन अहिले डेटा स्थानान्तरणको काम भइरहेको विभागले जनाएको छ । यसका साथै प्रदेश सरकारहरूले निर्धारण गरेका नयाँ करका दररेटहरूलाई पनि प्रणालीमा प्रविष्टि र मिलान गर्ने कार्य जारी छ । सूचना अनुसार यी सम्पूर्ण प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न भई कार्यान्वयनमा आउन करिब एक साताको समय…

Read More

काठमाडौँ । पशुपतिनाथलगायत मुलुकभरका प्रमुख शिवपीठहरूमा साउने सोमबारका अवसरमा बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ । साउन महिनाको पहिलो सोमबार परेकाले हिन्दु धर्मावलम्बीहरू व्रत बसी महादेवको पूजाआजा, रुद्राभिषेक तथा जलचढाउन मन्दिर परिसर पुगेका हुन् । काठमाडौँको पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, खोटाङको हलेसी, चितवन र तनहुँको सङ्गमस्थल देवघाटसहित देशभरका साना-ठूला शिवालयहरूमा दर्शनार्थीको लामो लाइन देखिएको छ । भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित मन्दिर व्यवस्थापन समिति र प्रशासनले सुरक्षाकर्मी तथा स्वयंसेवक खटाएर लाइन व्यवस्थापन गरिरहेका छन् । सनातन धार्मिक परम्परा अनुसार साउन महिनालाई शिवजीको विशेष प्रिय समय मानिन्छ । यस महिनाका प्रत्येक सोमबार उपवास बसेर शिवजीको स्तुति, मन्त्र जप, जलाभिषेक तथा…

Read More

काठमाडौँ । मनसुनी वर्षासँगै खसेको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । धादिङको बेनीघाटस्थित जवाङ खोला नजिकै र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने फिसलिङमा गेग्रानसहितको ठूलो पहिरो खस्दा सवारी साधनको आवतजावत ठप्प भएको हो । सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सुचारु गराउन प्रहरी तथा प्राविधिक टोली निरन्तर खटिरहेका छन् । जोखिमयुक्त मौसमका कारण अप्रिय घटना नहोस् भनी धादिङ र चितवन जिल्ला प्रशासनले गएराति १० बजेदेखि आज बिहान ५ बजेसम्म यस खण्डमा रातकालीन सवारी सञ्चालनमा समेत प्रतिबन्ध लगाएका थिए ।

Read More

काठमाडौँ । संघीय संसद अन्तर्गत माथिल्लो सदनका तीन वटा विषयगत समितिहरूले आज आफ्ना एजेन्डामाथि छलफल गर्दैछन् । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २:१५ बजे तय गरिएको छ, जहाँ ऐन कार्यान्वयनको अवस्था र विधायिकी अन्तरसम्बन्धका विषयमा विस्तृत कुराकानी हुनेछ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा पुगेर गरिएको अनुगमनको समीक्षा गर्नेछ । उक्त बैठक दिउँसो १ बजे बस्नेछ । यसै गरी, बिहान ११:३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि सदस्यहरूबीच छलफल हुनेछ ।

Read More

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार भारतको कोलकाता बन्दरगाहमा गत असार २६ गते ल्याइएको ३० हजार मेट्रिक टन डिएपी मलमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते त्यहाँबाट नेपालका लागि हिँडिसकेको छ । अन्य बाँकी रहेको मल भने अहिल्यै कोलकाता बन्दरगाहमै प्याक गर्ने काम भइरहेको छ । यसैगरी कोलकाता पुगिसकेको ३० हजार मेट्रिक टन युरिया मलको पनि अनलोडिङ र प्याकेजिङ कार्य जारी रहेकाले भोलिसम्ममा वीरगञ्जका लागि एक रेक लोडिङ गर्ने योजना रहेको कृषि सामग्री कम्पनीले स्पष्ट पारेको छ ।

Read More

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अतिरिक्त समयसम्म लम्बिएको रोमाञ्चक फाइनल भिडन्तमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनालाई १-० गोल अन्तरले पाखा लगाउँदै स्पेन दोस्रो पटक विश्व विजेता बनेको हो । स्पेनको यो ऐतिहासिक जितमा फेरान टोरेस नायक बने । उनले अतिरिक्त समयको १०६औं मिनेटमा गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक मोड साबित भयो । खेल अवधिभर स्पेनले बलमाथि बलियो पकड बनाउँदै अर्जेन्टिनालाई लगातार दबाबमा राखेको थियो । स्पेनका खेलाडीहरूले उत्कृष्ट सामूहिक सन्तुलन देखाउँदै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको जादु चल्न दिएनन् । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त…

Read More

काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा यतिबेला सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा पानी परिरहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर आकास बादलले ढाक्ने अनुमान गरिएको छ । देशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, पहाडी भू-भागका धेरैजसो स्थानमा…

Read More

काठमाडौँ । रुकुमपूर्वको कोल आसपासलाई केन्द्रविन्दु बनाएर आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराह्न ४ बजेर ३० मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै पनि प्रकारको भौतिक वा मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

Read More

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा कानुन निर्माणका लागि आफ्नो दलको संख्या कम भए पनि रचनात्मक बहस र संशोधनका माध्यमबाट उत्कृष्ट कानुन कस्तो हुनुपर्छ भन्ने कुरा पुष्टि गर्नुपर्ने धारणा राख्नुभएको छ । एमाले संसदीय दलद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सांसदहरूलाई पार्टीले तय गरेका योजना, नीति र सिद्धान्तका आधारमा संसद्मा प्रस्तुत हुन आग्रह गर्नुभयो । संसद्मा आफ्नो दलको सानो उपस्थिति भए पनि दृढतापूर्वक विचार राख्दा त्यसले ठूलो शक्तिको रूप लिने उहाँको भनाइ थियो । यसका साथै संसद्मा विषयवस्तु प्रस्तुत गर्दा पार्टीका सम्बन्धित विभागहरूसँग आवश्यक समन्वय गरी संगठित रूपमा काम…

Read More

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पाँच दिने श्रीलङ्का भ्रमण पुरा गरेर नेपाल फर्किएका छन् । उनी साउन १ गते (जुलाई १५) मा श्रीलङ्का प्रस्थान गरेका थिए । त्यहाँ रहँदा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीले आयोजना गरेको ‘ह्यान्ड्स अफ एसिया’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको भूमिका निर्वाह गरे । उनले उक्त सम्मेलनको उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन समेत गरेका थिए । यसका साथै भ्रमणका क्रममा प्रचण्डले श्रीलङ्काका मुख्य वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटघाट र छलफल गरेका थिए ।

Read More