- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । क्यानडाको बिसी प्लेस रंगशालामा भएको रोमाञ्चक खेलमा कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र त्यसपछिको थप समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो, जसमा स्विट्जरल्यान्ड ४-३ ले विजयी भयो । टाइब्रेकरमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेलले उत्कृष्ट प्रदर्शन गरे । उनले कोलम्बियाका कुचो हेर्नान्डेजको प्रहारलाई रोक्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार पोलमा ठोक्किएको थियो भने स्विट्जरल्यान्डका मानुएल अकान्जीको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । स्विट्जरल्यान्डका लागि ग्रानिट झाका, जेकी आम्दुनी, सेड्रिक इटेन र रुबेन भार्गासले पेनाल्टीलाई गोलमा परिणत गरे ।…
काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज प्रतिनिधि सभा मातहतका तीनवटा विषयगत समितिका बैठकहरू सञ्चालन हुँदैछन् । संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगसँग मुलुकको वर्तमान मानव अधिकारको अवस्था, विद्यमान समस्या र यसको प्रवर्द्धनमा आयोगले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने कार्यसूची छ । यसका साथै बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेस गरिने कार्यक्रम समेत तय…
काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी वायुले देशैभरि प्रभाव पारिरहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा केही दक्षिणतर्फ सरेको छ भने पश्चिमी क्षेत्रमा भने यो रेखा सामान्य अवस्थामै सक्रिय छ । यसका कारण अहिले मुलुकभर सामान्य बदलीको अवस्था छ । हाल कोशी, बागमती, लुम्बिनी र कर्णालीका केही ठाउँमा तथा गण्डकी र सुदूरपश्चिमका सीमित क्षेत्रमा मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभरि नै सामान्य बादल लागिरहने अनुमान छ । हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी…
आजको राशिफल बिस २०८३ असार २४ गते बुधबार ईस २०२६ जुलाई ८ नेपाल सम्बत ११४६ तछलागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज विश्व छाला स्वास्थ्य दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आशावादी सोच र निरन्तर प्रयासले सफलता दिलाउने संकेत देखिएको छ। बिहानदेखि नै नयाँ काम सुरु गर्ने वा…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको यो नीति राष्ट्र बैंकको २५ औँ मौद्रिक नीति हो । यस पटकदेखि बैंकले मौद्रिक नीतिको आधार र विस्तृत विश्लेषणका लागि समीक्षा प्रतिवेदन र म्याक्रोइकोनोमिक रिपोर्ट छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गर्न थालेको छ । नयाँ मौद्रिक नीतिले सरकारको ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सघाउन सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । विश्व भूराजनीतिक तनावका कारण आपूर्तिमा अवरोध भई मुद्रास्फीतिमा चाप परेको भए पनि आगामी आर्थिक वर्षमा यसलाई ५.५ प्रतिशतभित्रै राख्ने प्रक्षेपण बैंकको छ । चालू वर्षको वैशाखमा मुद्रास्फीति…
नवलपरासी (पश्चिम) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ तारेभिरमा एउटा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट गुडिरहेको ना.६ ख ३४६० नम्बरको ट्रक ठोक्किएर उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंकी ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, चितवन पदमपुरकी ६५ वर्षीया यनु मगर र बुटवलका ४० वर्षीय रुप गुरुङ घाइते भएका छन् । यस्तै भ्यान चालक बुटवलका ४४ वर्षीय कृष्ण थापा, सहचालक ३५ वर्षीय गोविन्द थापा, गुल्मीका २१ वर्षीय किरण मुखिया, बुटवलकै २८ वर्षीय प्रकाश भट्टराई…
रौतहट । गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ । आर्थिक वर्ष २०७६/७७ मा समनपुर नाकाबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरणको आय ठेक्कामा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मङ्गलबार आरोपपत्र दायर गरेको हो । मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि.का मुख्य व्यक्ति राधेश्याम साह रहेका छन् । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि राजस्व…
झापा । सरकारी अड्डाहरूले दिने सेवाको गुणस्तर नाप्न अब कागजपत्र मात्र हेरेर नपुग्ने भन्दै गृहमन्त्री सुधन गुरुङले सिधै नागरिकसँग प्रतिक्रिया लिन थाल्नुभएको छ । सोमबार साँझ झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उहाँले यस्तो शैली अपनाउनुभएको हो । कार्यालय समय सकिएपछि त्यहाँ पुग्नुभएका गृहमन्त्रीले कर्मचारीसँग सरकारी प्रतिवेदन माग्नुको साटो प्रशासनको ढड्डामा रहेका सेवाग्राहीका फोन नम्बरमा आफैं कल गर्नुभयो । उहाँले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाएर फर्किएका सर्वसाधारणलाई फोन गरेर कार्यालयको ढिलासुस्ती र कर्मचारीको व्यवहारबारे सोधपुछ गर्नुभएको थियो । सेवा लिन कति समय लाग्यो र कसैले दुःख दियो कि दिएन भनी उहाँले बुझ्नुभयो । सेवाग्राहीका कुरा सुनेपछि गृहमन्त्री…
काठमाडौँ । राहदानी (पासपोर्ट) छपाइमा भएको भनिएको अनियमितताको विषयमा संसदीय समितिमा छानबिनको माग गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले यो विषय उठाउँदै तत्काल अनुसन्धान अघि बढाउन माग गरेका हुन् । बैठकमा रास्वपा सांसद जनकराज जोशीले राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको दाबी गर्दै यसलाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको गम्भीर मुद्दाका रूपमा प्रस्तुत गरे । उनले गृह मन्त्रालयबाट राहदानी विभागसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन, महालेखा परीक्षकको कार्यालयमार्फत विशेष लेखापरीक्षण गराउन र स्वतन्त्र प्राविधिक समीक्षा समिति गठन गर्न माग राखे ।…
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुँदैछ । बजेट प्रस्तुत भएपछि सत्तापक्षका दलहरूबीच नै असमझदारी बढेका कारण लामो समयसम्म संसद् चल्न सकेको थिएन । आन्तरिक विवादका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार आजको बैठकमा चालू आर्थिक वर्षको बजेट तथा बजेटसँग आश्रित विनियोजन विधेयकहरू टेबल गर्ने मुख्य कार्यसूची तय गरिएको छ । यसका साथै बैठकमा महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने तयारी छ…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
