Author: khaptadm-admin

काठमाडौँ । संघीय संसदको संयुक्त बैठकमा आज नयाँ आर्थिक वर्षको आयव्ययको विवरण प्रस्तुत गरिँदैछ । प्रत्येक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने नेपालको संवैधानिक बाध्यता अनुरूप सरकारले यसको तयारी पूरा गरेको हो । यस विशेष प्रयोजनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो ४ बजे डाकिएको छ । संघीय संसद सचिवालयका अनुसार सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची तय भएको छ । यसअघि गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा चालुतर्फ…

Read More

काठमाडौँ । नेपाली नागरिकको लामो सङ्घर्ष र बलिदानको जगमा मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर १९औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाको बैठकले २०६५ जेठ १५ गते २४० वर्ष लामो निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । जनआन्दोलनका क्रममा लाखौँ नागरिक सडकमा उत्रिएपछि तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते संसद् पुनःस्थापनाको घोषणा गरेका थिए, जसलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ र यही दिन नै गणतन्त्रको बलियो जग बनेको थियो । सोही वर्ष जेठ ४ गते पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशैभरिका हिमाली तथा पहाडी भेगमा पूर्ण रूपमा आकाश बादलले ढाकेको छ भने तराईका क्षेत्रमा समेत आंशिक रूपमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका धेरै ठाउँहरू र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा यतिबेला मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभरको आकाश बादलले घेरिने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूका साथै कोशी, बागमती र मधेश प्रदेशका तराई क्षेत्रका…

Read More

आजको राशिफल बिस २०८३ जेठ १५ गते शुक्रबार ईस २०२६ मे २९ नेपाल सम्बत ११४६ अनालाथ्व  त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, परिघ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।  आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२…

Read More

म्याग्दी । मोफसलका ग्रामीण भेगका महिलालाई लक्षित गरी आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा छ सयभन्दा बढी सर्वसाधारणले उपचार सेवा पाएका छन् । मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सकिएको स्त्रीरोगसम्बन्धी उक्त विशेष शिविरमा ६१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । ‘कल्प इमपावर उमेन नेपाल’ को अग्रसरता तथा विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने, स्त्रीरोगसम्बन्धी चेतना फैलाउने र नागरिकको उपचारमा सहज पहुँच पुर्‍याउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पूजा कोइरालाले जानकारी दिए । उनका अनुसार परीक्षणका…

Read More

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले सहकारी क्षेत्रको साख गिर्नुमा कमजोर नियमन र वित्तीय अनुशासनहीनता मुख्य जिम्मेवार रहेको देखाएको छ । नेपालको संविधानले अर्थतन्त्रको तीन खम्बामध्ये एक मानेको सहकारी क्षेत्रमा पछिल्लो समय बचतकर्ताको रकम व्यापक दुरुपयोग र हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । पर्याप्त अध्ययन र आवश्यकताको विश्लेषण नगरी जथाभाबी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा शाखा खोल्ने अनुमति दिने सरकारी निर्णय प्रक्रियाका कमजोरीले गर्दा नै अहिले धेरै सहकारीहरू समस्याग्रस्त बन्न पुगेका हुन् । आयोगको निष्कर्ष अनुसार सहकारीका केही सञ्चालक तथा व्यवस्थापकहरू संस्थाको मूल उद्देश्य छाडेर व्यक्तिगत स्वार्थ र अपारदर्शी कारोबारमा संलग्न भएका छन्…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न आफ्नो संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान साढे ११ बजे बैठक बस्ने तय भएको हो । बैठकमा संसद्को चालु अधिवेशनमा पार्टीको भूमिका, आगामी रणनीति तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूबीच गहन छलफल हुने र आवश्यक निर्णय लिइने जनाइएको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भदौमा भएको नवयुवा आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक गतिविधिमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १७ जना सांसदहरूमाथि विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिमा उनीहरूको भूमिका हुनसक्ने भन्दै आयोगले सूक्ष्म छानबिनका लागि आग्रह गरेको हो । विशेषगरी, सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिएको विषयलाई आयोगले गम्भीरतापूर्वक लिँदै यसलाई कारागार ऐन, २०७९ को दफा ४९ बमोजिमको फौजदारी अपराधका रूपमा व्याख्या गरेको छ । यसै घटनामा रास्वपाका अन्य सांसदहरू मनिष झा र हरि ढकालको समेत संलग्नता हुनसक्ने भन्दै उनीहरूलाई शङ्काको घेरामा राखेर अनुसन्धान…

Read More

काठमाडौँ । नेपाली खेलप्रेमीहरूको नजर आज घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको रोमाञ्चक सेमिफाइनल भिडन्ततर्फ सोझिएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुने उक्त महत्वपूर्ण खेलमा आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी इरानको चुनौती सामना गर्दैछ । यसअघि आजै दिउँसो २:३० बजे हुने पहिलो सेमिफाइनल खेलमा साविक विजेता भारत र काजकिस्तानबीच प्रतिस्पर्धा हुने कार्यतालिका छ । प्रतियोगिताको समूह चरणअन्तर्गत ‘पुल ए’ मा रहेको नेपालले दुई खेलमा जित निकाल्दै ७ अङ्कका साथ उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको हो । अर्कोतर्फ, ‘पुल बी’ मा आक्रामक प्रदर्शन गरेको इरानले आफ्ना तीनै खेलमा बाजी मार्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान…

Read More

काठमाडौँ । मुस्लिम समुदायको दोस्रो ठूलो उत्सव बकर ईद (इदुल जोहा) आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । ईदुल फित्र अर्थात् रमजान सकिएको ७० औँ दिनमा यो पर्व मनाउने परम्परा रहेको छ । आजको दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी नजिकैको मस्जिद वा इदगाहमा भेला भएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन् । नमाज सकिएपछि उनीहरू एकआपसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गर्छन् । यस विशेष दिनमा काठमाडौँको दरबारमार्गस्थित जामे मस्जिद, काश्मीरी मस्जिदलगायत मुलुकभरका विभिन्न प्रार्थनास्थलहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति देखिन्छ । मुस्लिम मान्यताअनुसार हिजरी संवत् सुरु हुनुभन्दा १४३९ वर्षपहिले अल्लाहको आदेश मान्दै इब्राहिमले आफ्ना प्रीय छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार…

Read More