Author: khaptadm-admin

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोगी हातहरूसँग त्रिपाल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन अपिल गरेको छ । राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन तोकिएका निकाय तथा सम्पर्क व्यक्तिहरूसँग पूर्वसमन्वय गरेर मात्र सामग्री पठाउन प्राधिकरणले आग्रह गरेको छ । प्रभावित परिवारका लागि तत्काल त्रिपाल, कम्बल, म्याट, कपडा र ग्यास सिलिन्डरसहितको भान्साका सामान आवश्यक परेको छ । यसका साथै सरसफाइ सामग्री, महिला तथा बालबालिकाका लागि आवश्यक सामान, सौर्य बत्ती, पावर बैंक, चामल, दाल र बिस्कुट जस्ता खाद्यान्न र आपत्कालीन आउजाउका लागि…

Read More

काठमाडौँ । चीनतर्फ नदी थुनिएर बनेको ताल फुटेर भोटेकोशीमा जुनसुकै बेला भीषण बाढी आउन सक्ने खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाले भूउपग्रह तस्बिर र चिनियाँ अधिकारीहरूबाट प्राप्त सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु र उद्धारकर्ताहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएको स्थानमा बनेको तालको आकार निरन्तर बढ्दै गएकाले त्यो फुटेमा ढुंगा, माटो र गेग्रानसहितको ठूलो बाढी बग्न सक्ने अनुमान गरिएको छ । हाल भोटेकोशी, त्रिशूली, कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि माथिल्लो क्षेत्रको जोखिमका कारण अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन…

Read More

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरको जित यात्रा जारी रहेको छ । गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अल नासरले अल ताआउनलाई २-१ गोल अन्तरले हराउँदै जारी सिजनमा लगातार चौथो जित दर्ता गरेको हो । अल अव्वल पार्कमा खेलको ११औँ मिनेटमै बसाम अल हुरैजीले गोल गर्दै भ्रमणकारी टोली अल ताआउनलाई सुरुआती अग्रता दिलाएका थिए । अल नासरका गोलरक्षकले रोकेको प्रहार रिबाउन्ड भएपछि हुरैजीले त्यसैलाई जाली चुमाएका थिए । तर, पहिलो हाफको थप समयमा साडियो मानेको मिलाइदिएको पासमा सामु कोस्टाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अल नासरलाई १-१ को बराबरीमा ल्याए । दोस्रो हाफको पाँचौँ मिनेटमा मोहम्मद सिमाकानको प्रहारलाई क्रिस्टियानो रोनाल्डोले…

Read More

काठमाडौँ । प्राकृतिक विपत्तिका बेला बेपत्ता भएका कर्मचारीको खोजी तथा उद्धार प्रक्रियामा ढिलाइ भएको भन्दै आलोचना भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विपद्को समयमा आफ्ना सहकर्मी हराउँदा परिवार र सहकर्मीमा परेको पीडा तथा आक्रोशलाई उच्च सम्मान गर्दै प्राधिकरणले उद्धारमा कुनै पनि कसर बाँकी नराखिएको स्पष्ट पारेको छ । कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद पनि सुरक्षा निकायसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी राखिएको बताइएको छ । विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई परिवारकै सदस्यका रूपमा लिँदै उनीहरूको सुरक्षित उद्धार नभएसम्म टोली पूर्ण निष्ठाका साथ कार्यक्षेत्रमै खटिरहने प्रतिबद्धता व्यक्त गरेको छ । यस घडीमा एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा…

Read More

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदाका दिनदेखि सुरु हुने नेवार समुदायको प्रसिद्ध परम्परागत पर्व ‘गाईजात्रा’ आजबाट विभिन्न सांस्कृतिक कार्यक्रमका साथ आठ दिनसम्म मनाइँदै छ । विगत एक वर्षभित्र ज्यान गुमाएका आफन्तको स्मृतिमा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सजाएर नगर परिक्रमा गराउने गरिन्छ । यसरी घुमाइएका मानिस तथा गाईलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, दही, अन्न र दक्षिणा दान गर्ने गर्छन् । यसरी नगर परिक्रमा गराउँदा दिवङ्गत आत्माले वैतरणी नदी सजिलै पार गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । मल्ल राजा प्रताप मल्लले छोराको शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र दुनियाँमा अरूले पनि यस्तै वियोग सहनुपर्छ भन्ने देखाउन यो पर्वको सुरुआत…

Read More

काठमाडौँ । मनसुनी वायुको निरन्तर प्रभावका कारण देशका धेरैजसो स्थानमा बदली र वर्षाको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा दर्ज भएको छ । आज दिउँसो देशभर साधारणतया बादल लागिरहनेछ । पहाडी तथा हिमाली भू-भागका धेरै…

Read More

काठमाडौँ । अविरल वर्षासँगै आएको भोटेकोशीको बाढीले अवरुद्ध बनेको रसुवा जाने यातायात सेवा वैकल्पिक मार्गमार्फत पुनः सुरु भएको छ । प्रशासन तथा प्राविधिक टोलीको निरन्तर प्रयासपछि काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे जोड्ने सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुनसक्ने गरी खुलाइएको हो । लामो समयदेखि सडक सम्पर्कबाट विच्छेद भएको जिल्लामा सवारीसाधन चल्न थालेसँगै स्थानीय बासिन्दाको आवतजावत र खाद्यान्न तथा अत्यावश्यक सामग्री आपूर्तिमा ठूलो राहत मिलेको छ ।

Read More

काठमाडौँ । चीनका राष्ट्रपति सी जीनपीङले नेपालमा भर्खरै आएको विनाशकारी बाढीका कारण पुगेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना पत्र पठाएका छन् । चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले शुक्रबार एक सन्देश पठाउँदै बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकन्तप्त परिवार र प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति प्रकट गरेका हुन् । भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण देशभर अहिलेसम्म ४८९ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजारभन्दा बढी मानिसहरू अझै बेपत्ता रहेका छन् ।

Read More

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढी र अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गको यात्रा आज पनि प्रभावित भएको छ । सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी रहे पनि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले अर्को सूचना नआएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छी क्षेत्रसम्मका विभिन्न ठाउँमा ठूलो मात्रामा लेदो जमेर सडक पूरै ढाकिएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सडक खुलाउन निरन्तर खटिरहेको छ । यता मुग्लिन–नारायणगढ सडकखण्ड भने खुला रहे पनि पहिरोको जोखिमका कारण गाडीको आवतजावत निकै पातलो छ । सडक सुरक्षा अझै चुनौतीपूर्ण…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका ८८३ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र थुनिएका ३५० जना मजदुर तथा स्थानीयलाई सुरक्षा निकायले सुरक्षित रूपमा बाहिर निकालेको हो । प्रतिकूल मौसम र नदीको उच्च बहावका बीच सैन्य टोलीले टनेलभित्र उद्धार कार्य चलाएको थियो। टनेलमा अझै १०० भन्दा बढी व्यक्ति रहेको र उनीहरूको उद्धारका लागि त्रिशुलीस्थित नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल मुख्यालयबाट जमदार भक्तजन बस्नेतको नेतृत्वमा टोली खटिएको छ । यस्तै धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसी क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा…

Read More