Author: khaptadm-admin

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको नयाँ मापदण्ड र ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज पारित गर्ने भएको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा आज बिहान ११ बजे बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री विपिन कुमार आचार्यले ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘राइट टु रिकल’ को प्रस्ताव पेस गर्न लागेका हुन् । यसका साथै बैठकमा पार्टीका विभिन्न विभाग र सचिवालयमा पदाधिकारी मनोनयन, केन्द्रीय उम्मेदवार छनोट समिति गठन, र स्थानीय तहसम्म आयोजना गरिने प्रशिक्षण कार्यक्रमका विषयमा पनि गहन छलफल हुनेछ । पार्टीका नीति, विचार र गतिविधिलाई सर्वसाधारणसम्म पुर्याउन रास्वपाले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका…

Read More

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न आठ जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो र नदी कटानले यातायात सेवा प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जोखिमयुक्त केही सडकमा रातको समयमा सवारीसाधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ भने कतिपय स्थानमा पहिरोका कारण सडक ठप्प भएका छन् । सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गरी काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यसैगरी पहिरो र हिलोका कारण इलामको राजदुवालीमा मेची राजमार्ग, सिन्धुपाल्चोकको कोदारी र लिपिङमा अरनिको राजमार्ग, तथा रसुवाका विभिन्न स्थानमा पासाङल्हामु र त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा बन्द…

Read More

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे बस्दैछ । बैठकको समय र सम्भावित कार्यसूचीबारे सङ्घीय संसद सचिवालयले विस्तृत जानकारी गराएको छ । आजको बैठकमा विशेष गरी अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ । यसबाहेक, प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तय भएको छ ।

Read More

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा रोकिँदै आएको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ । बिहीबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खुलाउन आवश्यक मापदण्ड तयार पार्ने निर्णय गरेको हो । यसका लागि बोर्डले प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा एक विशेष उपसमिति गठन गरेको छ । उक्त उपसमितिलाई सात दिनभित्र मापदण्ड तयार गरी सञ्चालक समितिसमक्ष पेस गर्ने समयसीमा दिइएको छ । उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिइ) शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा…

Read More

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुईवटा समितिको बैठक आयोजना हुँदैछ । जसअनुसार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति र संयुक्त संसदीय सुनुवाइ समितिको छलफल निर्धारण गरिएको छ । बिहान साढे ९ बजे तय गरिएको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकबारे दफावार छलफल हुने कार्यसूची छ । यस बैठकका लागि अर्थमन्त्री, अर्थ सचिव, कानुन सचिवका साथै नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूलाई समेत आमन्त्रित गरिएको छ । यस्तै, सोही समयमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा माग गरिएका सूचना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा छलफल हुनेछ ।

Read More

काठमाडौँ । हरेक वर्ष अगस्ट २१ मा विश्वभर आतंकवादी आक्रमणबाट प्रभावित र ज्यान गुमाएका नागरिकको सम्झना तथा सम्मानका लागि विशेष दिवस मनाइने गरिन्छ । सन् २०१७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यो दिवस मनाउने निर्णय गरेको थियो । आतंकवादी घटनाका कारण मानिसहरूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा लामो समयसम्म अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । यसै तथ्यलाई ध्यानमा राख्दै पीडितहरूको अधिकार रक्षा र उनीहरूलाई निरन्तर सहयोग पुर्‍याउनु विश्व समुदायको कर्तव्य मानिएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूलाई पीडित तथा तिनका परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकता पूर्ति हुने गरी एकीकृत सहयोग कार्यक्रम तयार गर्न आग्रह गर्दै आएको छ ।…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर मनसुनी वायुको प्रभाव कायम छ । यसका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू-भागमा सामान्य बदलीको अवस्था छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई…

Read More

काठमाडौँ । नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै अदालत जाने भएको छ । हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सर्वोच्च अदालतले कांग्रेस विवादबारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो । देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ ।

Read More

काठमाडौँ । मुलुकमा भित्रिने वैदेशिक सहायताका परम्परागत स्रोतहरू क्रमशः सुक्दै गएकाले अब निजी तथा वैकल्पिक पुँजी परिचालनमा जोड दिनुपर्ने स्थिति आएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सम्बोधन गर्दै उनले अनुदान र सहुलियतपूर्ण ऋणका ढोकाहरू बन्द हुने अवस्थामा पुगेको जानकारी गराएका हुन् । नेपालले पहिलो बजेटदेखि नै आन्तरिक राजश्वले नपुगेको बजेट घाटा वैदेशिक अनुदान र ऋणबाटै पूर्ति गर्दै आएको भए पनि पछिल्लो समय अर्थतन्त्रको आकार वृद्धि भएसँगै वैदेशिक अनुदानको हिस्सा घट्दै गएको उनले बताए । चालु आर्थिक वर्षको बजेटमा २ खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक ऋण र ६२ अर्ब रुपैयाँ अनुदान…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा भएको अनियमितताका विषयमा आफूले व्यक्त गरेको धारणामा दृढ रहेको बताएका छन् । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनभित्र स्रोत र साधन व्यवस्थापनका क्रममा भएका अनियमितताबारे छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका हुन् । १५ दिनभित्र माग गरिएका कागजात उपलब्ध गराउनुपर्ने विषय उल्लेख गर्दै उनले यसै अवधिमा थप टेन्डर आह्वान गरिएको प्रति असन्तुष्टि जनाए । सांसद सुनारले कुनै पनि पक्षले समितिमा आएर अमर्यादित व्यवहार गर्न नपाउने र आफूले उठाएका प्रश्नमा कानुनी चुनौती सामना गर्न तयार रहेको स्पष्ट पारे । यसअघि लेखा समितिमै उनले प्रहरीका लागि लत्ताकपडा खरिद…

Read More