- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको १८औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरले बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ । ११० सदस्य रहेको बागमती प्रदेशसभामा ६ जना सांसदले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल १०४ सदस्य कायम छन् । प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई गरी कुल पाँच वटा समितिका बैठकहरू बस्दैछन् । बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने कार्यसूची छ। सो बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ । त्यस्तै, बिहान १० बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीको विषयलाई लिएर लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरूसँग विचार-विमर्श गरिनेछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघ…
काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची बनाइएको छ । यसैगरी, व्यवस्थापन कार्यतर्फ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । साथै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागका धेरैजसो स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, हिमाली भेगका केही स्थानमा हिमपातको समेत आकलन गरिएको छ । विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले यस क्षेत्रको मौलिक कला , संस्कृति र परम्परालाई विश्वभर चिनाउनुपर्ने बताएका छन् । धनगढीमा आयोजित ‘सुदूर संस्कृति उत्सव’ लाई सम्बोधन गर्दै उनले कला र संस्कृतिको धनी सुदूरपश्चिमको मौलिकता जोगाउन संरक्षणका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गरे । प्राकृतिक , धार्मिक तथा सांस्कृतिक सम्भावनाको उचित प्रयोग गरेर नै यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने धारणा प्रदेश प्रमुख मियाँले व्यक्त गरे । साथै , सुदूरपश्चिमको इतिहास र मौलिकतासँग नयाँ पुस्तालाई जोड्नका लागि विद्यालय तहदेखि नै चेतनामूलक कार्यक्रम चलाउनुपर्नेमा उनले जोड दिए । समारोहमा सिसिएसका अध्यक्ष हरि रेग्मीले समाज रूपान्तरण र सांस्कृतिक पहिचानको जगेर्नाका लागि सबै क्षेत्र…
हेटौँडा । विगत लामो समयदेखि थप्प बनेको हेटौँडा कपडा उद्योगलाई फेरि नयाँ जीवन दिन सरकारले अर्थ मन्त्रालयसँग थप बजेट नमागी आफ्नै आन्तरिक स्रोत जुटाएर सञ्चालन गर्ने योजना बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापनबाट लामो समयदेखि उठ्न बाँकी रहेको करिब आधा अर्ब रुपैयाँ भाडा बक्यौता असुल गरी सोही रकम कपडा उद्योगको स्तरोन्नति र निरन्तर उत्पादनमा प्रयोग गरिने जानकारी दिनुभयो । हेटौँडामा परीक्षणका रूपमा चलिरहेको उद्योगको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले अब यसलाई परीक्षणमै सीमित नराखी दीर्घकालीन रूपमा नियमित उत्पादनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । हाल उद्योगमा १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ भने थप…
काठमाडौँ । बारामा बालिकामाथि भएको पाशविक घटनाका सम्बन्धमा परेको माग सम्बोधन गर्दै सरकार र पीडित पक्षबीच तीन बुँदे सहमति कायम भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ आयोजित वार्तामा गृहमन्त्री सुधन गुरुङ, सम्बन्धित अन्य मन्त्रीहरू र पीडित बालिका गरिमा चौधरीका आमाबुवाबीच उक्त सहमति भएको हो । जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकामाथि भएको सो घटनापछि नागरिक तहमा कानुन संशोधनको माग उठिरहेको थियो । सहमति अनुसार विद्यमान कानुनमा रहेका कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी संशोधनको सुझाव दिन कानुन मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ । यो समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्नुपर्नेछ । त्यसैगरी पीडित…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यशाला आज समापन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबारदेखि सञ्चालन भइरहेको ‘नीति, संगठन र नेतृत्व’ विषयक पहिलो शृंखलाको कार्यशाला आज सकिन लागेको हो । कार्यक्रमको अन्तिम दिन आज पार्टीको सांगठनिक ढाँचा, मिडिया तथा सोसल मिडियाको प्रभावकारी प्रयोग, राजनीतिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग र २१औँ शताब्दी अनुकूलको राजनीतिक दल निर्माणका विषयमा विषयविज्ञहरूले प्रस्तुति दिइरहेका छन् । अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले कार्यशालाको सहजीकरण गरिरहेका छन् । यसअघि शनिबार पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना र सामाजिक लोकतन्त्रका आधारहरूबारे धारणा राखेका…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान छ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ । तराईतर्फ कोशी, बागमती र गण्डकी प्रदेशका…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यशाला शनिबारदेखि सुरु भएको छ । बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘नीति, संगठन र नेतृत्व’ (श्रृंखला-१) विषयक कार्यशाला सञ्चालन भइरहेको हो । उक्त प्रशिक्षण कार्यक्रममा विज्ञद्वय अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेका छन् । दुई दिनसम्म चल्ने सो कार्यशालामा पार्टीको नीतिगत स्पष्टता, सांगठानिक सुदृढीकरण र भावी रणनीतिबारे गहन छलफल हुने जनाइएको छ । कार्यशालाको पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावनाको व्याख्या गर्दै सामाजिक लोकतन्त्र र यसका आधारभूत स्तम्भहरूबारे धारणा राख्ने तय भएको छ । त्यसैगरी, महामन्त्री विपिन आचार्यले रास्वपाको मूल…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
