- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । नेपालको वर्तमान राष्ट्रिय प्राथमिकता र द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक संवाद गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त सामूहिक भेटवार्ताको आयोजना गरिएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दिएको जानकारी अनुसार यस भेटघाटका क्रममा नेपाल र इयू आबद्ध देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने तथा आगामी सहकार्यका विविध पक्षहरूमा केन्द्रित रहेर छलफल हुनेछ । यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग यसै…
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका अन्य क्षेत्रको मौसम सफा रहेको छ । अहिले गण्डकीका धेरै ठाउँ तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बादल…
आजको राशिफल बिस २०८३ जेठ १२ गते मंगलबार ईस २०२६ मे २६ नेपाल सम्बत ११४६ अनालाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर…
काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिने भनिएको विवादित जग्गा र भवन निर्माणको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने गुरुङ दम्पतीको प्रस्तावलाई धन्यवाद दिँदै फिर्ता गर्ने निष्कर्ष निकालेको हो । पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले अब बल्खुस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्नेछ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले बल्खुमा भवन बनाउन कुनै कानुनी अड्चन नरहेको समेत उपमहासचिव भट्टले स्पष्ट पारेका छन् । यसअघि २०८१ असोजमा व्यवसायी गुरुङले एमालेलाई सो जग्गा दान दिने घोषणा गर्दै भवनको शिलान्यास समेत गरिसकिएको…
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका दुई महत्त्वपूर्ण समितिहरूको बैठक सोमबार बस्दैछ । आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाइएको हो । संसद् सचिवालयका अनुसार कानुन समितिको बैठक दिउँसो १२:३० बजेका लागि तय गरिएको छ । उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ । यसका साथै, समितिले यसअघि होल्डिङ सेन्टरहरूमा गरेको स्थलगत अनुगमनको प्रतिवेदनमाथि पनि बैठकमा छलफल गरिने जनाइएको छ । यसैगरी, बिहान ११ बजेदेखि सार्वजनिक लेखा समितिको बैठक सुरु हुँदैछ । लेखा समितिको बैठकमा बेरुजुको…
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ । यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा बदली भएको छ । मधेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईका बाँकी क्षेत्रमा भने मौसम सफा छ । हाल कोशी र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बागमतीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । । आज…
आजको राशिफल बिस २०८३ जेठ ११ गते सोमबार ईस २०२६ मे २५ नेपाल सम्बत ११४६ अनालाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा सिहं राशिमा, उत्तरफल्गुनी नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान…
काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठक आइतबार पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दै आएको बैठक आज भने विशेष कारणवश पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बोलाइएको छ । बिहान साढे ११ बजे सुरु हुने आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिनेछन् । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी लगायतले आ-आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ । गत शुक्रबारदेखि सुरु भएको यस बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको विषयमा गम्भीर बहस भइरहेको छ । १९ सदस्यीय सचिवालयका अधिकांश सदस्यहरूले…
वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोली चल्दा एक संदिग्ध बन्दुकधारी मारिएका छन् भने अर्का एक सर्वसाधारण घाइते भएका छन् । अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका थिए । ह्वाइट हाउसको सुरक्षामा खटिएका एजेन्टले तत्कालै जवाफी फायर गर्दा संदिग्ध बन्दुकधारीलाई गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय अस्पताल पुर्याइएका ती संदिग्धलाई चिकित्सकले मृत घोषित गरेका थिए । गोलाबारीका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षामा खटिएका कुनै…
काठमाडौँ । काठमाडौँमा सञ्चालन भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज विभिन्न तीन खेलहरू खेलाइँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने आजको तेस्रो खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्दै छ । साँझ ५ बजे सुरु हुने यस खेलमा सेमिफाइनल यात्रा सुरक्षित गर्न नेपाललाई सोझो सेटको जित आवश्यक रहेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि उत्कृष्ट जित दर्ता गरेको थियो । अर्कोतर्फ माल्दिभ्सले भने आफ्ना सुरुवाती दुवै खेलहरू भारत र किर्गिस्तानसँग सोझो सेटमा गुमाइसकेको छ । आजै हुने अन्य खेलहरूमा दिउँसो १२ बजे पुल ‘बी’ मा रहेका इरान र श्रीलंका भिड्नेछन्…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
