- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ जेठ ९ गते शनिवार ईस २०२६ मे २३ नेपाल सम्बत ११४६ अनालाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल सप्तमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट…
बैतडी । यस वर्ष समय-समयमा वर्षा भएका कारण बैतडीको पाटन नगरपालिका–८ का किसान केशव विष्ट निकै उत्साहित छन् । आलुखेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म कमाउँदै आएका विष्ट यस पटक उत्पादन र आम्दानी दुवै बढ्ने आशमा छन् । समयमै पानी परेकाले खेतहरू हरियाली बनेको र आलुसँगै अन्य मौसमी तरकारीको उत्पादन पनि राम्रो हुने उनले बताए । पाटन नगरपालिकाका ८, ९ र १० नम्बर वडालाई आलुखेतीको पकेट क्षेत्र मानिन्छ, जहाँका अधिकांश नागरिक तरकारीखेतीबाटै आत्मनिर्भर बनेका छन् । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस जिल्लाबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु बाहिर पठाउने गरिएको छ । यस वर्ष अनुकूल मौसमका कारण…
काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले सानदार जित दर्ता गरेको छ । शुक्रबार भएको प्रतिस्पर्धामा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै लगातार दोस्रो सफलता हात पारेको हो । मलेसियाले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्यलाई नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो । नेपाललाई जित दिलाउन सम्झना खड्काले अविजित ३९ रनको महत्त्वपूर्ण इनिङ खेलिन् भने कविता कुँवरले १९ रनको योगदान दिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सकेको थियो । यसअघि बुधबार भएको पहिलो खेलमा पनि नेपाल २…
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि अघि बढाइएको नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले हिजो मात्रै सार्वजनिक गरेको दरखास्त आह्वान सम्बन्धी सूचनालाई आज अर्को सूचना जारी गर्दै रद्द गरेको हो । मन्त्रालयले प्राविधिक तथा विशेष कारणवश उक्त विज्ञापन रद्द गर्नुपरेको उल्लेख गरेको छ । रिक्त पद पूर्ति गर्नका लागि हिजो खोलिएको दरखास्त २४ घण्टा नबित्दै मन्त्रालयले स्थगित गरेपछि यसलाई चासोका साथ हेरिएको छ । यद्यपि , मन्त्रालयले कुन विशेष कारणले सूचना रद्द गरिएको हो भन्नेबारे विस्तृत विवरण भने खुलाएको छैन ।
काठमाण्डौ । बढ्दो सवारी चाप र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ । यातायात व्यवस्था विभागले देशभरका सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहहरूलाई परिपत्र गर्दै विद्युतीय गाडीसहितका सबै प्रकारका सार्वजनिक यातायातको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो । पछिल्लो समय सडकमा बढेको अनियन्त्रित जाम, वायु प्रदूषणको भयावह अवस्था र सार्वजनिक यातायात क्षेत्रमा देखिएको बेथितिलाई न्यूनीकरण गर्न यो कदम goचालिएको विभागले स्पष्ट पारेको छ । इन्धनको निरन्तर बढ्दो मूल्य र अत्यधिक गाडीका कारण सिर्जना भएको असहज परिस्थितिलाई व्यवस्थापन गर्न यो निर्णय अनिवार्य भएको सरकारी अधिकारीहरूको भनाइ छ । सवारी…
जनकपुरधाम । मधेश प्रदेशको सत्ता समीकरणमा ठुलो फेरबदल भएको छ । केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच भएको सहमति अनुसार प्रदेशमा पनि नयाँ गठबन्धन बनेको हो । नयाँ समीकरण अनुसार जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारबाट बाहिर राखिएको छ । गठबन्धन परिवर्तन भएसँगै एमालेका मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ भने जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाह रहेका छन् । यसै गरी, मुख्यमन्त्री कृष्ण यादवले जसपा नेपालका तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीहरू राजकुमार गुप्ता, रानी शर्मा तिवारी र मनीष सुमनलाई…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले स्थानीय र पश्चिमी वायूका साथै पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा बदली र वर्षाको अवस्था सिर्जना भएको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बादल राम्ररी मडारिएको छ भने गण्डकी र बागमती प्रदेशका केही ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । तराईका भू-भागमा भने मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने देखिन्छ । तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका रैथाने बासिन्दाले भने आज अत्यधिक गर्मी र तातो हावाको सामना गर्नुपर्ने हुनसक्छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी…
आजको राशिफल बिस २०८३ जेठ ८ गते शुक्रवार ईस २०२६ मे २२ नेपाल सम्बत ११४६ अनालाथ्व षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वृद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट…
काठमाडौँ । मुलुकभरका बालबालिकाको स्वास्थ्य स्थितिबारे गरिएको एक सरकारी अध्ययनले पोषणको अवस्था निकै चिन्ताजनक देखाएको छ । सरकारले पहिलो पटक सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ को प्रारम्भिक तथ्याङ्क अनुसार विगतका वर्षहरूका तुलनामा अहिले कुपोषणको दर निकै बढेको पाइएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार हाल चार प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषण फेला परेको छ । यसअघि यो दर केवल एक प्रतिशत मात्र रहेको थियो । देशैभरि विस्तृत रूपमा अभियान चलाइएका कारण यस पटक धेरै सङ्ख्यामा कुपोषित बालबालिकाहरू पहिचान हुन सकेको प्रमुख थापाले स्पष्ट पार्नुभयो । भौगोलिक आधारमा हेर्दा…
काठमाण्डौ । दुग्ध विकास संस्थान (डिडिसी) को कार्यप्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले कडा कदम चालेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संस्थानको समग्र संरचना र व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले नौ बुँदे निर्देशिका जारी गर्नुभएको हो । नयाँ निर्देशिका अनुसार डिडिसीले विगत पाँच वर्षको दूध सङ्कलन, बिक्री वितरणको मासिक तथ्याङ्क र आम्दानी-खर्चको वास्तविक विवरण १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ । यसका साथै अबदेखि हरेक महिनाको वित्तीय र प्रशासनिक विवरण अर्को महिनाको ७ दिनभित्र अनिवार्य रूपमा मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । संस्थानको लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी गराउन समेत…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
