Author: khaptadm-admin

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा उल्लेखनीय वित्तीय सुधार दर्ज गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३.१२ प्रतिशत अर्थात १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, टेलिकमको कुल आय पनि २.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब १९ करोड ९६…

Read More

काठमाडौँ । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदी, भारतीय सरकार र त्यहाँका नागरिकप्रति हार्दिक बधाई तथा शुभकामना सन्देश पठाएका छन् । आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको परापूर्वकालदेखिको ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको सामिप्यता र द्विपक्षीय सहकार्यलाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता प्रकट गरेका छन् । भारतले आज भव्य रूपमा आफ्नो ८०औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

Read More

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको विद्युतीय भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब ८:२५ बजे बा १ ख ००५२ नम्बरको बस एक्कासि अघि बढेर सडक किनारमा पार्क गरी राखिएको बा ३–००१ ज ११७६ नम्बरको खाली भ्यानसँग ठोक्किएको थियो । ठक्करको तीव्रताका कारण दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दुई जनालाई मृत घोषणा गरे । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको…

Read More

काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको बिनासकारी भूकम्पमा परी कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण अन्य कैयौँ मानिस घाइते भएको त्यहाँको विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विपद व्यवस्थापन अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । क्षतिग्रस्त संरचना र भवनहरूमा फसेका नागरिकहरूको उद्धारका लागि सुरक्षा निकाय तथा उद्धार टोलीहरू तीव्र रूपमा खटिएका छन् । मूल भूकम्पपश्चात् दर्जनौँ परकम्पहरू मापन गरिएका छन्, जसमध्ये ६.१ म्याग्निच्युडको एउटा धक्का निकै शक्तिशाली रहेको थियो ।…

Read More

काठमाडौँ । उपत्यकामा ग्यासको अभाव भइरहेका बेला सर्वसाधारणलाई राहत दिन नेपाल आयल निगमले काठमाडौँका पाँच प्रमुख स्थानबाट ग्यास सिलिन्डर वितरण गर्ने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको सहकार्यमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा ग्यास उद्योगीहरूले सोझै बिक्री गर्ने व्यवस्था मिलाइएको हो। निगमका अनुसार सर्वसाधारणले टेकुस्थित निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, कपन/बालुवास्थित राधास्वामी परिसर, वसुन्धराको राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास खरिद गर्न सक्नेछन्। टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री गरिनेछ। त्यसैगरी चाबहिलमा नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ भने कपन/बालुवा परिसरबाट…

Read More

काठमाडौँ । छिमेकी मुलुक भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवसका अवसरमा आज विशेष औपचारिक कार्यक्रमहरूको आयोजना गर्दैछ । राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजना गरिने मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले ध्वजारोहण गरी देशवासीका नाममा सन्देश दिने कार्यक्रम रहेको छ । यस पटकको उत्सवमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्ष पुगेको अवसरलाई विशेष महत्त्व दिइनुका साथै सन् २०४७ सम्म भारतलाई विकसित मुलुकमा रूपान्तरण गर्ने अभियानमा युवा वर्गको भूमिकालाई केन्द्रमा राखिएको छ । समारोहका क्रममा झण्डात्तोलनसँगै २१ तोपको सलामी प्रस्तुत गरिनेछ भने त्यसलगत्तै राष्ट्रिय गीत र राष्ट्रिय गान गाइनेछ । सोही अवसरमा भारतीय वायुसेनाका हेलिकप्टरहरूले राष्ट्रिय ध्वजा र ‘वन्दे मातरम्’ अंकित झण्डासहित पुष्पवृष्टि…

Read More

काठमाडौँ । धार्मिक ग्रन्थहरूका अनुसार सत्य युगमा जलमग्न बनेकी पृथ्वीको रक्षाका लागि बनेल रूप धारण गरी उद्धार गरेको खुसीयालीमा शनिबार देशभर वराह जयन्ती मनाइँदै छ। वैदिक सनातन परम्परा अनुसार जलप्रलयका बेला महासागरमा विलीन हुन लागेकी पृथ्वीलाई भगवान् विष्णुले वराह (बनेल) अवतार लिएर सुरक्षित स्थानमा स्थापित गर्नुभएको धार्मिक विश्वास छ। श्रावण शुक्ल तृतीयाका दिन भगवान् विष्णुले यही स्वरूप प्रकट गरी मानव तथा अन्य प्राणीका लागि पृथ्वीलाई बस्न योग्य बनाउनुभएको पुराणहरूमा उल्लेख छ। संसारमा जब-जब असत्य र अधर्मको प्रभाव बढ्छ, तब-तब सत्य र धर्मको रक्षाका लागि भगवान् विष्णुले विविध रूप लिने मान्यता रहिआएको छ। यसै अनुरूप मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम,…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको नजिक रहेकाले अधिकांश भू-भागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । मधेश प्रदेशसहित गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा भने आंशिक बदली छ । हाल कोशी, बागमती र लुम्बिनीका धेरैजसो ठाउँ, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ ।…

Read More

दैलेख । पश्चिम कर्णालीको दुर्गम भेगमा रहेको दैलेख जिल्ला अस्पतालले स्थानीय महिलाहरूलाई लक्षित गर्दै स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ । शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको यस सेवाअन्तर्गत अब अस्पतालमा पाठेघरको शल्यक्रिया, स्तन क्यान्सरको परीक्षण तथा उपचार र आङ खस्ने (पाठेघर खस्ने) समस्याको जटिल उपचार उपलब्ध हुनेछ । यसका साथै १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै तातोले सेकेर निको पार्ने (थर्मल एब्लेसन) प्रविधिसमेत भित्र्याइएको छ । स्त्रीरोग विशेषज्ञ डा. जगत थापा (एमडी) अस्पतालमा हाजिर भएसँगै यी विशेषज्ञ सेवाहरू नियमित सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो । नयाँ सेवा थपिएसँगै…

Read More

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा ओरालो यात्रा देखिएको छ । परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा ओर्लिएर कारोबार बन्द भएको छ । आज कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर रु. ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ बराबरमा खरिदबिक्री भए । उपसमूहतर्फ जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूह बाहेक बाँकी सबै क्षेत्रका शेयर मूल्यमा वृद्धि दर्ता भएको छ । कारोबारका आधारमा माउन्ट एभरेष्ट पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी सुपर खुदी हाइड्रोको शेयर मूल्यमा १२.८३…

Read More