Author: khaptadm-admin

काठमाडौँ । उपचार तथा वैदेशिक भ्रमणका क्रममा लामो समय बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर प्रस्थान गरेका देउवा त्यसपछि हङकङतर्फ लागेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे । संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा पुगेका नेताहरूले देउवालाई विमानस्थलबाट सिधै उनको निवास चुनदेवीसम्म पुर्‍याउने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद तथा दीपक खड्कालगायतका शीर्ष नेताहरूको…

Read More

रोल्पा । लगातारको झरीका कारण रोल्पाको थबाङमा पहिरोले बस्ती पुर्दा दुई जनाले ज्यान गुमाएका छन् । थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति करिब ८:४० बजे गएको पहिरोमा परी अन्य दुई जना गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीषण पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित आसपासका करिब ६ वटा घर तथा गोठहरू पुरेको छ । उक्त घटनामा १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २५ वर्षीय सञ्जय घर्ती मगर र २२ वर्षीय हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । घटना लगत्तै खटिएका सुरक्षाकर्मी र स्थानीयवासीले…

Read More

काठमाडौँ । आज दिउँसो १: १५ बजे राष्ट्रिय सभाको बैठक आव्हान गरिएको छ । संघीय संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन सम्बन्धी विभिन्न कार्यसूचीमाथि छलफल गर्न यो बैठक बस्न लागेको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ । हवाई सेवा प्रणालीलाई थप व्यवस्थित र जिम्मेवार बनाउने लक्ष्यका साथ संसद सचिवालयले यो विधेयकलाई आजको मुख्य कार्यसूचीमा समावेश गरेको हो ।

Read More

काठमाडौँ । उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक परिचय बोकेको प्रसिद्ध गुंला पर्व आजबाट विधिवत रूपमा आरम्भ भएको छ । नेपाल संवत्‌को नवौँ महिना ‘गुंला’भर बौद्धमार्गीहरू एकाबिहानै उठेर विभिन्न परम्परागत बाजागाजाका साथ चैत्य तथा बौद्ध बिहारहरूको दर्शन र परिक्रमा गर्छन् । एक महिनासम्म चल्ने यस पावन अवधिमा नामसंगीति पाठ, बुद्धको विशेष उपासना र धार्मिक पदयात्रा गरिन्छ । ‘गुंला’ शब्द नेवारी भाषाबाट आएको हो, जहाँ ‘गुं’को अर्थ पहाड वा जङ्गल र ‘ला’को अर्थ महिना हुन्छ । विक्रम संवत्‌को पात्रो अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्मको अवधि नै गुंला महिना हो । यस अवधिमा बिहान, दिउँसो र साँझ तीनै समय काठमाडौँ उपत्यकाका विभिन्न…

Read More

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा विशेष अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ । अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले बुधबार उनीहरूको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । यसअघि नै सम्पत्ति शुद्धीकरणको अघिल्लो मुद्दामा थुनामा रहँदै आएका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा पेस गरिएको थियो । सोही मुद्दामा प्रतिवादी बनाइएका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्ने आदेश जारी गरेको छ ।

Read More

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पूर्वसांसद डा. धवलशमशेर राणाको सहकार्यमा गठन हुन लागेको नयाँ राजनीतिक दल जय नेपाल पार्टी औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ । सबै प्राविधिक तथा सांगठनिक तयारीहरू पूरा भएसँगै कार्यदलको निर्णय बमोजिम साउन २९ गते शुक्रबार दर्ता प्रक्रिया अघि बढाउन लागिएको हो । डा. राणाका अनुसार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा शुक्रबार दिउँसो १२:१५ बजे पुगेर दल दर्ताको निवेदन दिइनेछ । नयाँ राजनीतिक अभियानलाई सशक्त बनाउन तथा दर्ता प्रक्रियालाई उत्साहप्रद बनाउन उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आयोग परिसरमा उपस्थित हुन आग्रह गरेका छन्।

Read More

काठमाडौँ । फुटबल मैदानका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पितृशोकमा परेका लियोनल मेसीलाई ढाडस दिँदै समवेदना प्रकट गरेका छन् । अर्जेन्टिनी स्टार मेसीका पिता जर्ज मेसीको साउन २३ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । दुःखद घडीमा साथ दर्शाउँदै पोर्चुगिज कप्तान रोनाल्डोले मेसी र उनका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमार्फत मेसीलाई बलियो रहन आग्रह गर्दै यस कठिन समयमा आफू र आफ्नो परिवारको माया साथमा रहेको उल्लेख गरेका छन् । मैदानभित्र प्रतिस्पर्धी भए पनि दुःखको समयमा पोर्चुगलका स्टारले देखाएको यो आत्मीयतालाई खेलकुद जगतमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

Read More

काठमाडौँ । सत्ता समीकरणमा आएको परिवर्तनसँगै कोशी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । काँग्रेसबाट मन्त्रिपरिषदमा रहेका चार जना पूर्ण मन्त्री र एक जना राज्यमन्त्रीले आज संयुक्त रूपमा पदबाट राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष आफ्नो राजीनामा पेस गरेका हुन् । केन्द्रीय स्तरमा नेकपा एमाले र नेकपाबीच भएको नयाँ सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले नै गर्ने र मुख्यमन्त्री कार्कीले नै…

Read More

काठमाडौँ । लगातारको झरीपछि आएको बाढी, पहिरो तथा खोलाले सडक कटान गर्दा देशका धेरैजसो मुख्य राजमार्गहरूमा यातायात सेवा ठप्प भएको छ । प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विभिन्न जिल्लाका प्रमुख सडक खण्डहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहेको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन आवागमनमा रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन । यद्यपि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडक खुला रहनेछ । यसैगरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान…

Read More

काठमाडौँ । खगोलीय दृष्टिले विशेष मानिने सूर्यग्रहण आज पृथ्वीका विभिन्न भागबाट प्रत्यक्ष अवलोकन गर्न सकिने भएको छ । संसारका केही निश्चित क्षेत्रबाट पूर्ण सूर्यग्रहण देखिनेछ भने अन्य स्थानका बासिन्दाले आंशिक ग्रहणको अनुभव गर्न पाउनेछन् । प्रत्यक्ष रूपमा ग्रहण नदेखिने क्षेत्रका मानिसहरूका लागि भने विभिन्न माध्यमबाट यसको प्रत्यक्ष प्रसारण र तस्बिरहरू हेर्ने व्यवस्था मिलाइएको छ । सूर्य, चन्द्रमा र पृथ्वी एउटै सीधा रेखामा आउँदा चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीसम्म पुग्नबाट छेक्ने प्रक्रिया नै सूर्यग्रहण हो । चन्द्रमा र पृथ्वीबीचको दूरीका साथै मानिस पृथ्वीको कुन भागमा उभिएको छ भन्ने आधारमा ग्रहणको स्वरूप निर्धारण हुन्छ । चन्द्रमाले सूर्यको सम्पूर्ण भाग ढाक्दा पूर्ण सूर्यग्रहण हुन्छ,…

Read More