- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
अर्घाखाँची । लगातारको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डको शितगंगा नगरपालिका–१२ बसेरीमा पहिरो जाँदा जमिन भासिएर यातायात सञ्चालनमा बाधा पुगेको छ । सडकको अवस्था निकै जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सर्वसाधारणलाई सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । विशेष गरी रातको समयमा यात्रा गर्दा ठूलो जोखिम हुन सक्ने भएकाले अति आवश्यक कामबाहेक रातको समयमा सो सडकखण्ड भएर यात्रा नगर्न प्रशासनले आग्रह गरेको हो । वर्षा जारी रहेकाले उक्त क्षेत्रमा थप जमिन भासिने खतरा रहेको भन्दै यात्रा गर्दा पूर्ण सावधानी अपनाउन अनुरोध गरिएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सङ्घीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू पेश तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । बैठकको व्यवस्थापन कार्य अन्तर्गत अघिल्लो बैठकमा गणपूरक सङ्ख्या (कोरम) नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेश गर्न अनुमति माग्ने र विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो…
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा मौसममा उल्लेख्य बदलाव आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक अवस्थित रहेकाले मुलुकभर वर्षाको सम्भावना बढेको हो । हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बादल लागिरहने महाशाखाले जनाएको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सनातन धर्मका पक्षमा दिएको अभिव्यक्ति स्वागतयोग्य भएको बताएकी छन् । देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्नुपर्ने भन्दै दिएको भनाइले देशभित्रका बहुसंख्यक सनातनी समुदायमा नयाँ आशा जगाएको ओलीको ठम्याइ छ । नेपालको मौलिक सभ्यता, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षणका लागि जुनसुकै ठाउँबाट आवाज उठे पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद ओलीले स्पष्ट जनभावना र व्यापक राष्ट्रिय बहसविना नै नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै त्यसमा अझै गम्भीर प्रश्नहरू…
सुर्खेत । अविरल वर्षासँगै आएको विनाशकारी पहिरोले जाजरकोटमा ठूलो धनजनको क्षति पुर्याएको छ । भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरोले बस्तीमा रहेका घर तथा अस्थायी टहरा भत्काउँदा सात जना घाइते भएका छन् भने दुई जना सम्पर्कविहीन भएका छन् । सडक सञ्जाल पहिरोले अवरुद्ध बनाएपछि उद्धारका लागि सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ प्रस्थान गरेको छ । पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा सोही वडाकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा ध्वस्त भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही र सोही वडा चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको अवस्था गम्भीर छ । शाहीलाई…
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणालीको सुरुआत गरेको छ । अब सेवाग्राहीले घरमै बसेर स्वास्थ्य बीमामा नयाँ दर्ता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् । विद्युतीय प्रणालीमार्फत नागरिक आफैँ वा दर्ता सहयोगीले सम्पूर्ण परिवारलाई बीमामा आबद्ध गराउन सक्ने व्यवस्था मिलाइएको छ । यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका सदस्यहरूको विवरण म्यानुअल रूपमा दर्ता गर्ने विकल्प पनि दिइएको छ । बीमा शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आईपीएसजस्ता डिजिटल माध्यम प्रयोग गर्न सकिनेछ । पहिले नै बीमा गरिसकेका परिवारले भने परिवारमूलीको बीमा नम्बर प्रयोग गरी विवरण सच्याउन…
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै छ । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा गत शुक्रबारदेखि सुरु भएको भेलाअन्तर्गत शनिबार बन्दसत्र सम्पन्न भएको थियो । उक्त बन्दसत्रमा पार्टीको राजनीतिक, आर्थिक, सदस्यता र सङ्गठनात्मक संरचनासम्बन्धी महत्त्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । भेलामा नेताहरू विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले आ-आफ्नो प्रतिवेदन पेस गरेका हुन् । प्रस्तुत राजनीतिक प्रस्तावमा विशेष महाधिवेशन विधानविपरीत भएको र यसैका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित हुनुमा यही निर्णय कारक रहेको प्रतिवेदनमा उल्लेख…
काठमाडौँ । उपत्यकामा सिर्जित खाना पकाउने एलपी ग्यासको असहज परिस्थितिलाई ध्यानमा राख्दै आज काठमाडौँका सात प्रमुख स्थानबाट ग्यास सिलिन्डर बिक्री-वितरण गरिने भएको छ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त पहलमा विभिन्न उद्योगका ग्यास सिलिन्डर वितरण गर्न लागिएको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास सिलिन्डर खरिद गर्न सकिनेछ । बिक्री केन्द्रहरू अनुसार उपलब्ध ब्रान्डहरू फरक-फरक रहेका छन् । टेकुमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास उपलब्ध गराइएको…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका धेरैजसो भू-भागका साथै लुम्बिनी र कर्णालीका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । यस्तै, गण्डकी प्रदेशका एक-दुई ठाउँमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर साधारणतया बदली नै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावपछिको पहिलो झापा भ्रमणका क्रममा इलाम प्रस्थान गरेका छन् । चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि उनी स्थलमार्ग हुँदै इलामतर्फ लागेका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार आज इलाममै बस्ने र भोलि बिर्तामोडमा आयोजना हुने ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
