- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन राजनीतिक दल मिलेर प्रदेशहरूमा संयुक्त सरकार गठन नगर्ने अडान राखेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर प्रदेश सरकार बनाउनुपर्ने सुझावहरू आइरहेका बेला उनले यस्तो सम्भावनालाई अस्वीकार गरेका हुन् । आइतबार ललितपुरको बाडेगाउँमा आयोजित कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले प्रमुख तीन दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने तर्क गरे । विगतमा एउटा दलसँग चुनावी तालमेल गरेर अर्कैसँग मिलेर सत्ता सञ्चालन गर्दा कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको भन्दै उनले अब त्यस्तो गल्ती नदोहोर्याउने स्पष्ट पारे । चुनावी परिणाम जे जस्तो आए पनि प्रदेश…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा अति भारी वर्षाको प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल नेपालभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले देशभरकै मौसम प्रभावित भएको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि अर्थात् नेपालको तराई भू-भाग आसपास अवस्थित छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपासमा रहेको छ । यस मौसमी प्रणालीका कारण अहिले देशभर अधिकांश बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।…
काठमाडौँ । वर्तमान सरकारले आम नागरिक र उद्योगी व्यवसायीमा भरोसा जगाउन नसकेका कारण देशमा नैराश्यता छाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष घिसिङले यही निराशाका कारण व्यापारी र युवाहरूले आत्मदाह गर्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसमा सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको बहुमत पाएको सरकारले जनताको आशालाई निराशामा बदलिरहे देश पुनः द्वन्द्वतर्फ धकेलिने खतरा उनले औँल्याए । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने चाहे पनि अहिलेसम्मको कार्यशैलीले त्यस्तो सङ्केत नदेखाएको उनको तर्क…
काठमाडौँ । देशका विभिन्न अस्पतालहरूमा कार्यरत प्रशिक्षार्थी, आवासीय चिकित्सक र मेडिकल अधिकृतहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूमाथि लामो समयदेखि श्रम शोषण भइरहेको आरोप लगाउँदै उनीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ गठन गरेर आफ्ना मागहरू अघि सारेका छन् । नेपालको श्रम ऐन, २०७४ अनुसार कामको समय तय गरिनुपर्ने उनीहरूको मुख्य माग छ । ऐनले तोकेबमोजिम दैनिक बढीमा १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काममा खटाउन नपाइने तथा हप्ताको एक दिन अनिवार्य बिदा पाउनुपर्ने व्यवस्था लागू गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् । अस्पतालहरूले तोकिएको समयभन्दा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले देशको न्याय प्रणालीमाथि गम्भीर असन्तुष्टि जनाउँदै न्यायालयको पुनर्संरचना गर्नुपर्ने माग राख्नुभएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएलगत्तै सांसद न्यौपानेको यस्तो टिप्पणी आएको हो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्तमान न्यायालयको अवस्थाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने दाबी गर्नुभयो । हालैका केही घटनाक्रमले सर्वसाधारण नागरिकले न्याय पाउने आशा कमजोर बन्दै गएको उहाँको भनाइ छ । सांसद न्यौपानेले न्यायालयको भूमिकाबारे अब निर्मम समीक्षा गर्न ढिलाइ गर्न नहुने र राज्यका सबै निकाय परिवर्तन हुन जरुरी…
काठमाडौँ । फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीच भिडन्त हुँदैछ । उपाधि जित्ने योजना अधुरै रहेपछि यी दुवै टोली सान्त्वना स्थानका लागि मैदान उत्रन लागेका हुन् । मियामी स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार भोलि बिहान २: ४५ बजे सुरु हुनेछ । आफ्ना खेलाडी र विपक्षी टोली दुवै यो खेल खेल्न इच्छुक नरहेको इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले बताएका छन् । सबैको मुख्य उद्देश्य फाइनल खेल्नु भए पनि परिस्थिति अनुसार तेस्रो स्थानका लागि खेल्नुपरेको उनले स्वीकार गरे । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले भने निराशाका बीच पनि तेस्रो स्थान हात पार्न कडा मिहिनेत गर्ने स्पष्ट पारेका छन्…
काठमाडौँ । सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ता भित्र्याउन नेपाल धितोपत्र बोर्डले सक्रियता देखाएको छ । बोर्डले बिहीबार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र नेपाल बीमा प्राधिकरणका उच्च अधिकारीहरूसँग यस विषयमा विशेष छलफल गर्यो । अन्तर्राष्ट्रिय बजारहरूमा संस्थागत लगानीकर्ताको ठूलो हिस्सा हुने भएकाले त्यहाँको बजार बलियो, सन्तुलित र जिम्मेवार हुने बोर्डको भनाइ छ । नेपालमा सर्वसाधारण लगानीकर्ताको संख्या निकै बढे पनि संस्थागत रूपमा हुने लगानी अझै कमजोर रहेकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसलाई मुख्य प्राथमिकतामा राखिएको बोर्डले स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको नेतृत्वमा भएको उक्त बैठकमा सहभागी संस्थाहरूले…
डडेल्धुरा । सुदूरपश्चिमको भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी घाइते भएका दार्चुलाकै मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मर सिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया…
काठमाडौँ । नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद प्रक्रियामा भएका गम्भीर अनियमितताको अनुसन्धान गर्न बनेको समितिले सरकारलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । सञ्चार मन्त्रालयले गत जेठ २२ गते गठन गरेको उक्त अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष प्रतिवेदन बुझाएको हो । विभिन्न समयमा भएका ब्याण्डविथ खरिद र सम्झौताहरूमा कानुनको उल्लंघन, प्रक्रियागत त्रुटि र वित्तीय अनुशासनहीनताका कारण संस्थालाई ठुलो आर्थिक क्षति पुगेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । प्रतिवेदनका अनुसार खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को पालना नगरिँदा नेपाल टेलिभिजनलाई करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको नोक्सानी भएको छ…
काठमाडौँ । लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति जुटेपछि ९ दिनदेखि जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम रोकिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले सहमतिपत्रमा हस्ताक्षर गरेपछि आन्दोलन स्थगित भएको हो । यसअघि असार २५ गते जनकपुरको त्रितियागाछीबाट पीडितहरूले ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए । उक्त टोली बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो । सोही आधारमा काठमाडौँ आएको पीडितको वार्ता टोली र सरकारी टोलीबीच भएको सघन छलफलले यो निष्कर्ष निकालेको हो । सहमति अनुसार…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
