भदौ ३१ काठमाडौँ। साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक नेपालले सर्वकालीन च्याम्पियन भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफ सकिनु अघि इन्जुरी टाइममा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै टोलीलाई १–० ले विजयी गराएकी थिइन्। दोस्रो हाफमा पनि नेपालको प्रदर्शन प्रशंसनीय रह्यो। भारत साफ महिला फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न असफल भएको छ ।
नेपाल पाँचौं पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उनीहरू अहिलेसम्म फाइनलमा सर्वकालीन च्याम्पियन भारतसँग पराजित भएका छन् ।
सोमबार हुने फाइनलमा नेपालले उपाधिका लागि आज दिउँसो पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।