काठमाडौँ । आईसीसी महिला च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले आज आफ्नो दोस्रो चुनौतीको रूपमा इटालीको सामना गर्दैछ ।
नेपाली समय अनुसार आज बेलुकी पौने ५ बजे सुरु हुने यस खेलमा नेपाल पहिलो जितको खोजीमा मैदान उत्रनेछ ।
यसअघि भएको उद्घाटन खेलमा नेपालले हार व्यहोरेको थियो । हिजो सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ४४ रनले स्तब्ध पारेको थियो । जारी प्रतियोगितामा आयोजक रुवान्डा सहित नेपाल, अमेरिका, इटाली र भानुआतु गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको यो प्रतियोगितामा सहभागी हरेक टोलीले एकअर्कासँग दुई-दुई पटक खेल्नेछन् ।
अंक तालिकाको शीर्ष स्थान हासिल गर्ने टोली नै च्याम्पियन घोषित हुनेछ । यो प्रतियोगिता आगामी मे १ (वैशाख १८ गते) सम्म चल्ने कार्यतालिका छ ।



