असोज ७ काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यस्थल बाहिर साइनबोर्ड राख्ने बापतको बक्यौता ३० दिनभित्र तिर्न व्यवसायी तथा संघसंस्थालाई अनुरोध गरेको छ ।
महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी ३० दिनभित्र वडा कार्यालयमा परिचय पत्र राख्ने शुल्क बुझाउन व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ ।
शुल्क नतिरे वा तोकिएको साइजभन्दा ठूला साइनबोर्ड पाइएमा साइनबोर्ड हटाउने चेतावनी पनि कामपाले दिएको छ । ६ स्क्वायर फिटसम्म एउटै साइनबोर्ड राखेमा ५ सय रुपैयाँ लाग्ने छ । त्यसैगरी १५ स्क्वायर फिटसम्मका बोर्डका लागि रु १५०० र ३० स्क्वायर फिटभन्दा माथिको साइजका साइन बोर्डका लागि प्रति वर्गफुट रु १००० लाग्ने महानगरपालिकाले जनाएको छ । कामपाले ३० वर्ग फिटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरेको छ ।