असोज ११ काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मंगलबार बजार अनुगमन गरेकी छन् ।उपमेयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका अधिकारीले आज बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसलको अनुगमन गरेका थिए ।
दशैंको चाडपर्वमा मात्र सिमित नभएर अबदेखि अनुगमन नियमित हुने डंगोलले बताए । गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई कारबाही गरिने उनले बताए ।
बजार अनुगमनको जिम्मा उपमेयरलाई दिइएको छ ।