असोज १२ इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ की ४५ वर्षीया रीतादेवी यादव र देवानगञ्ज गाउँपालिका–२ का उदितचन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रितादेवीले भैंसीलाई पानी खुवाउँदै गर्दा उदितचन्द्र घर नजिकैको घाँस काटिरहेका बेला पानी परेपछि चट्याङ परेको डिएसपी राजकुमार राईले बताए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
RSS