मकवानपुर असोज २०। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ मा आज भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
चितवनको नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस तीव्र गतिका कारण सडकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
१० जनाको घटनास्थलमै र २ जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । (RSS)