महेन्द्रनगर असोज २०। कञ्चनपुरको पुनर्वास नगरपालिकामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल राना रहेका छन् ।
पुनर्वास नगरपालिका–११ हुलाकी राजमार्गमा से७प ४७६५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
उनीहरु दुवैको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (RSS)