प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले सर्तसहित चुनावी प्रचारप्रसार गर्न अनुमति दिएको छ ।
चुनावी प्रचारका लागि कार्तिक १७ देखि कार्तिक २० गतेसम्म चारदिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारी गरेका थिए ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई चुनावी प्रचारमा सरकारी स्रोतको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाएर अनुमति मागेको थियो ।
निर्वाचन आयोगले सरकारी स्रोतसाधन प्रयोग गरेर प्रचारप्रसारमा नजान निर्देशन दिँदै अनुमति दिएको हो ।
निर्वाचन आचारसंहिताको परिपालना गरी चुनावी प्रचारप्रसार गर्न देउवालाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता गुरुराज वाग्लेले जानकारी दिए ।
रुपन्देहीमा गठबन्धनको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर भेटिएका छन् ।