बझाङ। पहाडी भेगमा प्रायजसो भूभाग खेति योग्य जमिन कमै हुन्छ। भएको जमिन पनि कम उर्वरा शक्ति भएको र चरा, किरा, फट्याङ्ग्रा र जंगली जनावरको आक्रमण बाट बचौना गाह्रो हुन्छ । यहि कारण हो पहाडमा खाधान्नको कमि हुनु र मानिसहरु विस्थापित भएर यहाँको अधिकांस जमिन बाझो रहन्छ।
मध्य र उच्च पहाडी भेगमा अमिलो जातको फलफूलको राम्रो हुने कुरा भोज भगिरथी ट्रष्ट र खप्तड ओर्गनिक नेपालले गरेको अनुसन्धान बाट पनि प्रमाणी भएको छ। अमिलो जातका बिरुवा भन्नाले कागती, निबुवा, सुन्तला, ज्यामिर, जुनार, किवि आदिमा मात्र जोड दिएको पाइन्छ। अहिले तिन वर्ष लगाएर गरेको प्रयोग बाट अंगुर खेति पनि पहाडी एरियामा राम्रो फल्ने र समतल जमिनको अफ सिजनमा फल्ने भएकोले यसको बजारीकरण पनि सहज हुने देखिन्छ। यसकारण भोज भगिरथी ट्रष्ट (बि बि ट्रष्ट) र खप्तड ओर्गनिक नेपाल (कोन) ले अंगुर खेतिमा सहभागी भै राम्रो आम्दानी गर्न सम्पूर्ण किसान दाजु भाइहरुलाई सल्लाह दिदै अंगुर खेतिमा हात हाल्न अनुरोध गरेको छ।