प्युठान। प्यूठानमा मंगलबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा प्युठान नगरपालिका–५ पातालकाटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४६ वर्षीया बच्ची थापा र ५२ वर्षीया महिमा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ।
बिजुवारबाट पूर्ण गाउँ तर्फ जाँदै गरेको लु १ ज ३७०७ नं को गाडी गएराति दुर्घटना भएको प्रवक्ता सुशील थापामगरले बताए।
प्यूठान नगरपालिका-५ का फागुनी खत्री (५०), गोरी घर्ती (५०), बीरी कुमारी महरा (१९), दिलाराम घर्ती क्षेत्री (५२), निमा खत्री (३४), जुठी महरा (३०), कुमारी महरा (१८), नखी महरा (४१), गोरी खत्री (४१), निमलाल घर्ती (३७), जग्मा महरा (३४) र रामे रोका (५८) घाइते भएका छन् ।
घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि बुटवल लगेको छ भने अन्यको बिजुवार अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा जिप चालक प्यूठान नगरपालिका-९ का २३ वर्षीय विनोद केएम सामान्य घाइते भएका छन् ।