प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ ।
प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालय रहेको अमरगढी नगरपालिका-५ स्थित जिल्ला अदालत भवनमा आज दिउँसो ३ः३० बजे मतगणना सुरु भएको हो ।
आइतबार भएको निर्वाचनमा कुल ९१ हजार २०१ दर्ता भएका मतदातामध्ये ५१ हजार ६६० मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।
जिल्लाले एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेश सभा सदस्य निर्वाचित गर्नेछ। जिल्लामा एक प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासहित आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । (RSS)