डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटतम प्रतिद्वन्द्वीभन्दा ३,०२२ मतले अगाडि छन् ।
हालसम्मको १०,८७० मत गणनामा देउवाले ५,६२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले २,५९९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेस बिपी पार्टीका कर्णबहादुर मल्लले १,६३६ मत प्राप्त गरेका छन् भने ६५६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।