प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उहाँले २५ हजार ५३४ मत प्राप्त गर्नुभएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।
एउटै क्षेत्रबाट प्रधानमन्त्री देउवा निर्वाचित भएको यो सातौं पटक हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र छिट्टै औपचारिक रुपमा नतिजा सार्वजनिक गरिने जानकारी दिनु भयो ।