दमक मंसिर १६। झापामा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक-९ स्थित क्याम्पस मोडमा प्रदेश १-०१-०१६ प ८९९ नम्बरको मोटरसाइकलले पैदलयात्री ४० वर्षीय गोपाल राईलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्। राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बिहीबार भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा भद्रपुर नगरपालिका-७ की ११ वर्षीया शिल्पा ऋषिदेवको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शिल्पा ऋषिदेव गारमेन्ट चोकबाट हल्दिबारी क्षेत्रमा साइकल चडेर जादा दुर्घटना भएको थियो ।