दोलखा, मंसिर १९। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)की गंगा कार्की निर्वाचित भएका छन् ।
सोमबार बिहान सकिएको ७४ वडाको मतगणनाको अन्तिम नतिजा अनुसार कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतले पराजित गर्दै विजयी भएका हुन् ।
नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् ।
कार्कीले ३६ हजार ७ सय ९९ मत पाएका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४८१ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७ सय ९३ र राप्रपाका विजय खड्काले १ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् ।