सत्तारुढ पाँच दलको गठबन्धनका दलहरूले मिलेर सरकार गठनका लागि पहल गर्ने निर्णय गरेका छन् । गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाउने जिम्मेवारी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् भने दाहालले कार्यकारी पदमा आफ्नो पनि दाबी रहेको सन्देश दिइरहेका छन् । प्रधानमन्त्री देउवा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा छन् ।