काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
उनले हालै सम्पन्न निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् ।
चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
२०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।