विराटनगर । विराटनगर महानगरपालिकाले यहाँको डुबान समस्याको दीर्घकालीन समाधान खोज्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । एसियाली विकास बैंकको सहयोगमा अध्ययन सुरु भएको हो ।
उचित निकास नहुँदा प्रत्येक वर्ष मनसुनमा बीएमसी सहर डुबानमा पर्ने गरेको छ ।
महानगरपालिकाले लामो समयदेखि भोग्दै आएको समस्याको वैज्ञानिक समाधान खोज्ने मेयर नागेश कोइरालाले जानकारी दिए । सम्भाव्यता अध्ययन टोलीले अब मनसुनी वर्षामा धेरै क्षति हुने विभिन्न वडाको निरीक्षण गरिरहेको छ । विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीवीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ ।
घोगा, बस्ता, धुडुवा, च्याङबारी र मर्ली जस्ता पुराना नहरको पानी कसरी ठूला खोलामा खसाल्ने भन्ने विषयमा बीएमसीले छलफल गरिरहेको छ । “एडीबी टोलीसँगै म वर्षाको समयमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्दैछु। टोलीले दुई साताभित्र प्रतिवेदन तयार गरी काम अगाडि बढाउने बाटो खुलेको छ,’ कोइरालाले भने ।
स्किम्सका डिएमबाट सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोलीका नेता डा शेख जावेद मोहम्मदले पनि डुबानमा परेका क्षेत्रहरूको निरीक्षण सुरु गरेको बताए। सम्भाव्यता अध्ययनपछि विस्तृत प्रतिवेदन तयार गरिनेछ ।
टोलीले महानगरपालिकाको वडा नम्बर ३, १५, १७, १८ र १९ को स्थलगत निरीक्षण गरेको थियो । (RSS)