काठमाडौं। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।
आज यहाँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार पछिल्लो समय काठमाडौंसहित देशभरको तापक्रम घट्न थालेको छ । पौष शुरु भएसँगै देशभर चिसो बढेको छ ।
त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा सामान्य बदली हुने भट्टराईले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र आसपासका जिल्लाको मौसममा आंशिक बदली हुने जनाएको छ ।
शनिबार कास्की, खोटाङ र म्याग्दीका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ ।
कास्कीको माछापुच्छ्रे आधार शिविरमा गरिएको मापन अनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको छ ।