प्रधानमन्त्रीको पहिलो कार्यकालको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू सरकारको नेतृत्व कांग्रेस वा माओवादी केन्द्रले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदै छ ।
त्यसअघि सत्तारुढ गठबन्धनले कार्यकाल विवाद समाधान गरी दाबी दर्ता गर्ने तयारी गरेको छ ।
गठबन्धन बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको थियो ।
शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठक पहिलो प्रधानमन्त्री को हुने भन्नेमा कोही पनि सहमत हुन नसकेपछि निर्णयविना टुंगिएको हो ।