काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सात राजनीतिक दलका १६९ र तीन स्वतन्त्र सांसदको समर्थनमा उनी प्रधानमन्त्री बनेका हुन् ।
उनले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री समक्ष आफ्नो दाबी पेश गरे र राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।
राष्ट्रपति कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजे प्रचण्डले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमालेको समर्थनमा प्रचण्डले संविधानको धारा ७६ बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन् ।