माओवादी केन्द्रका पदाधिकारी बैठक सुरु भएको छ ।
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि माओवादीले कार्यदलको बैठक बोलाएको थियो ।
‘पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ,’ माओवादी केन्द्रका एक अधिकारीले भने।
बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ। बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई निर्विरोध संसदीय दलको नेता चयन गर्ने भएको छ।
स्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति गरेको छ ।